कोरोना संक्रमणले थला परेको आर्थिक क्षेत्र

नेपाल सरकारले दोस्रो चरणको भेरियन्ट रोग नियन्त्रण र नागरिकहरूको सुरक्षाका लागि विभिन्न उपायहरू अवलम्बन गर्नु आवश्यक देखिन्छ ।
चीनको बुहानबाट सुरु भएको कोभिड–१९ रोगका कारण हजारौँ मानिसले मृत्युवरण गरिसकेका छन् भने विश्वभर करोडौंको संख्यामा संक्रमित भइसकेका छन् । नेपालमा कोभिड–१९ रोगका संक्रमणको पुष्टि माघ १० गते भएको थियो । कोरोनाको महामारीका कारण सबै क्षेत्र प्रभावित बन्यो र विश्वकै आर्थिक स्थिति कमजोर बनायो । विश्वका कतिपय धनी देशहरूको आर्थिक स्थितिलाई कमजोर मात्रै बनाएन, आर्थिक गतिविधिसमेत ठप्प पारिदियो । कैयौं कलकारखान, उद्योगहरू बन्द भए । सरकारको राजस्वमा समेत नराम्ररी असर प-यो । नेपालमा पनि कोरोनाका कारण कैयांै कलकारखाना बन्द भए भने उद्योग, कलकारखाना, होटललगायतका क्षेत्रहरू बन्द हुँदा कैयन् मजदुरहरूको रोजगारीसमेत गुम्न पुग्यो । अहिले नेपाल सरकारले बन्दाबन्दीकै अवस्थामा समेत कर तिर्न अनुरोध गरेको छ भने निजी क्षेत्रले कर तिर्ने म्याद बढाउन आग्रह गरिरहेका छन् । बन्दाबन्दीका कारण उद्योग, कलकारखानालगायतका क्षेत्रहरू बन्द भएका कारण कर बुझाउन कठिन पर्ने भन्दै उद्योग महासंघलगायतले सरकारलाई कर तिर्ने समयसीमा बढाउन माग गर्नुलाई सकारात्मक मान्नुपर्छ ।
बन्द भएका उद्योग, कलकारखाना, होटल सञ्चालन कहिले हुने यकिन हुन सकिरहेको छैन । चाँडोभन्दा चाँडो सुरक्षा रणनीति अपनाएर सञ्चालन गर्नेतर्फ सरकार लाग्नुपर्ने देखिन्छ । अर्कातर्फ कोरोनाको समयमा खाद्यान्नलगायतका वस्तुहरूको बिस्तारै अभाव र कृत्रिम मूल्यवृद्धि हुन थालेका कारण सरकारले अनुगमन गर्न थालेको जनाएको छ भने साना व्यापारी र खुद्रा व्यापारीहरू स्थानीय निकायले गरेको निषेधाज्ञाका कारण चर्को मारमा परेका छन् । त्यस्तै गरी दैनिक मजदुरी गर्ने मजदुरहरू, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर व्यापार, व्यवसाय गरेकाहरू चर्को मारमा परेका छन् । यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको देखिन्छ । सरकारले निजी स्तरका उद्योगी–व्यवसायीहरूको पीर, मर्का बुझ्नु जरुरी रहेको देखिन्छ । कोरोनाको समयमा अनलाइन कक्षा लिने निजी विद्यालयहरूले अभिभावकहरूलाई पहिले लिएकै जस्तै विद्यालयको फीको बिल पठाउन थालेका छन् । आम्दानी शून्य, रोजगारी गुमेको बेला सरकारले निजी तथा सरकारी विद्यालयको फी कोरोना अवधिको छुट दिनेतर्फ ध्यान जानुपर्छ । गरिब र निमुखा अभिभावकहरूले कहाँबाट ल्याएर फी तिर्ने, विद्यार्थीहरूको भविष्य डामाडोल भइसकेको छ, शैक्षिक सत्र कुनलाई मान्ने आदि प्रश्नहरूको तत्काल समाधान हुनुपर्ने देखिन्छ । फेरि कोरोनाको दोस्रो लहरले विश्व पुनः आतंकित हुन पुगेको छ । संसारभरि कोरोना संक्रमितको आँकडा दिन–प्रतिदिन बढ्दै गइरहेको अनुमान गरिएको छ । कोरोनाकै कारण छिमेकी राष्ट्र भारत नराम्ररी थच्चिएको छ । नेपालमा समयमै पूर्वसावधानी अपनाउन नसकेको खण्डमा भारतको जस्तो भयावह अवस्था यहाँ पनि नआउला भन्न सकिंदैन । त्यसैले हामी सबैले सरकारले दिएको सुरक्षा रणनीति पालना गर्नुपर्छ । भारतमा तीव्र दरमा बढिरहेको कोरोनाका कारण दिनहुँ लाखौंको संख्यामा संक्रमित थपिंदै गएका छन् भने मृत्युदर पनि बढिरहेको तथ्यांकले देखाइरहेको छ । समयमै विशेषज्ञहरूको अनुमानलाई बेवास्ता गरिँदा भारतमा मानवीय क्षति हुन पुगेको यथार्थ हो । भारतका सम्पूर्ण अस्पतालहरू बिरामीले भरिसकेको र खुला आकाशमुनि समेत उपचार भइरहेको दृश्य टेलिभिजनका पर्दाहरूमा देख्न सकिन्छ । अति नै दर्दनाक अवस्था रहेको भारतमा कोरोनाबाट मृत्युहरूको चौबीसै घण्टा सामूहिक अन्त्येष्टिको दृष्यले कसको मन नरोला र ?
अक्सिजनको अभाव, औषधिको अभावका कारण कोरोनाको खोप उत्पादन गर्ने भारत अहिले स्वास्थ्य उपचार गर्न नसकेर चपेटामा परेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट सक्दो सहयोग गर्नु अपरिहार्य देखिन्छ । त्यस्तै गरी भारतमा मजदुरी गर्न गएका कैयन् नेपालीहरू कोरोनाकै कारण मृत्युवरण गर्न बाध्य भएका छन् भने बाँचेकाहरू नेपाल फर्कने क्रम तीव्र रूपमा भइरहेको देखिन्छ । सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गरी क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा ती बिरामीहरू सीधै समुदायमा जाँदा कोरोना समुदायमा फैलिएको देखिन्छ । हेलचेक्र्याइँ, झूट र चोरबाटो प्रयोग गरी नेपालमा छिर्ने गलत प्रवृत्तिका कारण नेपालमा पनि भुसको थुप्रोमा आगो सल्केझंै कोरोना बढ्दै गएको देखिन्छ । भारतमा भएको कोरोनाको कारण त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्न थालेको देखिएको छ । नेपालमा पनि संक्रमितको दर र मृत्युदर दिनानुदिन बढ्दै गइरहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले गरेको प्रेस रिलिजबाट थाहा पाउन सकिन्छ ।
पछिल्लो समय नेपाल सरकारले कोरोना रोकथामका लागि विभिन्न प्रयासहरू गरिरहेको देखिन्छ । सो रोगबाट बच्नका लागि नेपाल सरकारले ग्रामीण क्षेत्रहरूमा २ सय र सहरी क्षेत्रमा ५ सय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्न सुरु गरिसकेको छ । निषेधाज्ञा जारी गरी सर्वसाधारण नागरिकहरूको जीउज्यान जोगाउने कार्यमा सरकारको मुख मात्रै ताकेर हुँदैन, हामी सबै सतर्क र नियम पालना गर्नुपर्ने आवश्यकता रहिआएको छ । लकडाउनको समयमा सरकारले निषेधित गरेका कार्यहरू अहिले पनि पहिलेजस्तै गरी सुचारु गर्न खोज्नु सकारात्मक मान्न सकिँदैन । काठमाडौं उपत्यकालगायतका सहरी र ग्रामीण क्षेत्रहरूमा अहिले सुरक्षा मापदण्ड अपनाएर जात्रा, पर्व मनाइरहेको देखिन्छ, तर पनि मानिसहरूको भीडमा गरिएको सो पर्व र जात्राका कारण कोरोनाको दोस्रो लहरलाई टेवा पुग्दैन भन्ने के ग्यारेन्टी छ र ? स्थानीय निकायहरूले जात्रा, पर्व मनाउन स्वास्थ्य मापदण्डको विषय उठाउनु सकारात्मक भए तापनि पालना नहुनु दुर्भाग्य नै हो । अनावश्यक रूपमा भीडभाड नगर्ने, अनावश्यक रूपमा बाहिर निस्कने, भेटघाट गर्ने जस्ता क्रियाकलापलाई रोक्न सकेको खण्डमा पनि कोरोना नियन्त्रण गर्न सकिन्छ । हुन त सरकार आफंैले पनि बैठक, उद्घाटनजस्ता कार्यहरूमा कोरोनाको निश्चित मापदण्डहरू पालना गरेको देखिंदैन । यो दुःखदायी विषय हो । सरकारले पनि नियम पालना गर्नुपर्छ । यो रोग अहिले विश्वभर तीव्र गतिमा फैलिरहेको र दिनहुँ सो रोगका नयाँ संक्रमितहरू पmेला परिरहेका छन्, तर यसको धेरै किसिमका औषधिहरू, भ्याक्सिनहरू आए तापनि सबै नागरिकले भ्याक्सिन लगाउन पाएका छैनन् ।
भ्याक्सिन लगाएका र नलगाएका सबैले यो रोगबाट बच्न मास्क अनिवार्य लगाई साबुनपानीले नियमित हात धुने, घर–अफिसमा दुई मिटरको दूरी कायम गर्ने, भीडमाडमा ननिस्कने, धार्मिक, पर्व र जात्राहरूमा समावेश नहुने, विवाह, व्रतबन्धजस्ता कार्यहरूमा सकभर थोरै सहभागी भएर सम्पन्न गर्ने, स्यानिटाइजरको नियमित रूपमा प्रयोग गर्न सकेको खण्डमा दोस्रो लहरको कोरोनालाई न्यूनीकरण गर्न सकिन्छ । यो रोगप्रति बेवास्ता गरेको खण्डमा भारतकै हालत नहोला भन्न सकिंदैन । त्यसैले तपाईं–हामी सबैले सरकारले तोकेको न्यूनतम मापदण्ड अपनाऊँ, घरभित्रै बसौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कौं । कोरोना रोग फैलिन नदिन र संक्रमण हुन नदिनका लागि सुरक्षाका उपाय अवलम्बन गर्नु नै मुख्य औषधि हुन सक्छ ।
यो रोग रोकथामका लागि घरमै बस्ने, अन्य व्यक्तिबाट करिब २ मिटर दूरी कायम गर्ने र पूर्वसावधानी अपनाउनेबाहेकको कुनै विकल्प देखिंदैन । नेपालमा दिनहुँ थप संक्रमित देखिएपछि रोग नियन्त्रणका लागि सरकारमाथि थप चुनौती थपिएको छ । विशेष गरी नेपालमा कोभिड–१९ का संक्रमितहरू थपिंदै गएको देखिएको हुँदा आगामी दिनहरूमा थप सतर्कता, व्यक्तिगत सुरक्षा, सीमा नाकाहरूमा कडाइ, लकडाउनलाई अझ कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । नेपाल सरकारले समयमै स्थानीय स्तर, जिल्लास्तर र केन्द्रमा समेत बिरामीहरूका लागि बेड र उपचारको प्रबन्ध समयमै मिलाउनुपर्ने आवश्यकता रहेको देखिन्छ ।
विश्वका अन्य देशहरूले समयमै रोग नियन्त्रणका लागि पहल नचालिँदा भएका दर्दनाक दृश्यहरू तपाईं–हामीहरूले अहिले देखि नै रहेका छौं । विशेष गरी इटाली, फ्रान्स, स्पेनले समयमै रोग नियन्त्रणका उपाय नगरेको र हेलचेक्र्याइँ गरेका कारण लाखौं व्यक्तिले त्यहाँ ज्यान गुमाएको प्रमाण हामीले देखेकै छौं । त्यस्तो हविगतबाट बच्न पनि लकडाउनको आवश्यकता रहेको देखिन्छ । कोभिड–१९ ले कुनै धर्म, वर्ण, लिङ्ग, जातजाति र राष्ट्र छुट्ट्याउँदैन भन्ने उदाहरण हामीले देखि, भोगिसकेका छौं । नेपालजस्तो गरिब मुलुकले अहिले कोभिड–१९ संग संघर्ष गरिरहेको छ । हाम्रो समाजभित्र कोरोना भाइरसको प्रकोप देखिएसँगै अनेकन् दुष्प्रचारहरू भएका थिए, जसले गर्दा हाम्रो समाज र आमनागरिकहरू त्रसित बनेका थिए ।
अहिले नेपाल सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्य, कदमलाई सकारात्मक रूपमा लिनु उपयुक्त हुने देखिन्छ । कोरोनाका कारण अहिले दैनिक मजदुरी गरी खाने श्रमिकहरू सर्वसाधारणहरू मर्कामा परेका छन् । त्यस्तै गरी नेपालमा विभिन्न भिसाबाट आएका पर्यटकहरूलाई उनीहरूकै देशमा फर्काउने कार्य, सीमाहरूमा कडाइ तथा विदेशबाट आएकाहरूलाई सरकारले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रूपमा १४ दिनसम्म बस्नुपर्ने नियमलाई पालना गर्नुपर्ने देखिन्छ । रोगसँग लड्नका लागि जतिसुकै समय पनि नागरिकहरूले कुर्न सक्छन्, अहिलेको अवस्थामा धैर्य, साहस र आपसी सहयोग तथा सद्भावको आवश्यकता रहेको अवश्य पनि हो । अहिले सरकारले गरेकोे लकडाउन आफैंका लागि हो । आफ्नो स्वास्थ्यभन्दा ठूलो केही हुन सक्दैन । लकडाउनको समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई नेपाल सरकारले नियमित तथा छड्के बजार अनुगमन गरी त्यस्ता कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्छ । त्यस्तैगरी खाद्यान्न, औषधिलगायतका अति आवश्यक पर्ने चिजहरूको आयात र वितरणलाई पारदर्शी बनाउनुपर्ने आवश्यक देखिन्छ । नेपाल सरकारले दोस्रो चरणको भेरियन्ट रोग नियन्त्रण र नागरिकहरूको सुरक्षाका लागि विभिन्न उपायहरू अवलम्बन गर्नु आवश्यक देखिन्छ । यो रोग मानिसबाट मानिसमा सर्ने भएको हुँदा संक्रमितहरूसँग सम्पर्क, भेटघाट भएकाहरूले समेत क्वारेन्टाइनमा बसी रोग परीक्षण गर्नुपर्ने देखिन्छ ।