पानी परेसँगै अघाखाँचीका कृषक खुशी «

पानी परेसँगै अघाखाँचीका कृषक खुशी

लामो समयसम्म परेको खडेरीपछि वर्षा भएपछि अर्घाखाँचीका कृषक खुशी भएका छन् । मकै छर्न, बेमौसमी तरकारी खेती र चैते धानका लागि आकाशे पानी राम्रो भएको कृषकहरु बताउँछन् ।
पानी परेपछि किसानले घैटामा पनि संगालेर राखेका छन् । खानेपानीको समस्या भएको अर्घाखाँचीको छत्रदेवसहित जिल्लाका विभिन्न ठाउँका स्थानीयले आकाशबाट पानी परेपछि घैटामा पानी संकलन गरेका हुन् ।
आकाशे पानी भरमा मात्रै अर्घाखाँचीका कृषकहरु मकै छर्ने गर्छन् । “पानी परेसँगै खेत तथा बारीमा मकै छर्ने तथा बेमौसमी तरकारी खेतीलाई पनि टेवा पुगेको छ ।” बल्कोटका कृषक विष्णु भुसालले भने । छत्रदेवका विभिन्न ठाउँमा गत पुसमा पानी परेसँगै पशुपालन र दैनिक प्रयोगका लागि आकाशे पानीले सहज भएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्