Logo

‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ निष्कासन

‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ बिक्रीका लागी निष्कासन गरिएको छ । उक्त ऋणपत्रमा एक हजार रूपैयाँ अंकित मूल्य भएको ३५ लाख कित्ताले हुन आउने ३ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋण पुँजी रकममध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको बैकले जनाएको छ ।
त्यसैगरी १५ हजार कित्ता बाँडफाँट गरी बाँकी कुल १ अर्ब ३८ करोड ५० लाख ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासन गरिएको छ । यसैगरी २१ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २ अर्ब १० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट निष्कासन गरिएको पनि बैंकले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । ऋणपत्र निष्कासन बन्द छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते बन्द हुने बैकले जनायो ।

प्रतिक्रिया दिनुहोस्