सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने घोषणा «

सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने घोषणा

Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat



प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।
आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल रूपमा नागरिक एपको औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । सरकारले सम्पूर्ण सार्वजनिक सेवा घर मै बसेर लिन सक्ने गरी यसअघि नै नागरिक एपको बेटा संस्करण सार्वजनिक गरिएकोमा आइतबारदेखि यसलाई औपचारिक रूपमै सार्वजनिक गरिएको छ ।
नागरिक एपमाफत् सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य हुने छ । खासगरी, यो नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिने छ ।
त्यसैगरी, एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा समेत लिन सकिने छ । छुटै वेबसाइट तथा एप प्रयोग गर्नुपर्ने झन्झट हटाउन सरकारले एकीकृत एपको रूपमा सरकारले नागरिक एप ल्याएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्