सुस्वास्थ्यका लागि शाकाहारी खाना र नृत्य «

सुस्वास्थ्यका लागि शाकाहारी खाना र नृत्य

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन र मनोरञ्जन हो । यहाँ सबैभन्दा पहिले भोजनका बारेमा प्रस्तुत गर्ने जमर्काे गरिन्छ भने त्यसपछि मनोरञ्जनबारेमा छोटो विवेचना गरिन्छ । स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महŒव हुन्छ । सोका लागि शाकाहारी खानाको भूमिका महŒवपूर्ण हुन्छ । जस्तै : उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाका रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनका रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांसपेशी बलियो बनाउन, शरीरका मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तŒव, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ । तरकारीका रूपमा प्रयोग गरिने आलुबाट भिटामीन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ । खानामा भएको तŒव पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याएको कुरा विभिन्न अध्ययनले जनाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांसपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तिल, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ । प्रोटिन कपाल, हाड, मांसपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मृगौला र कलेजो कोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांसपेशीका कोषहरू छ–सात महिनासम्म जीवित राख्छ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु¥याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तŒव क्याल्सियम पनि प्रदान गर्छ । प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएका तŒवहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महŒवपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्छ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तै : दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरक–फरक खायौं भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।
शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बूढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिङ्ग्रिङ्ग परेको हुन्छ । कहिलेकाहीं छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रमा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तŒवहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन्, जसले रोगका कीटाणु र सरुवा रोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तŒवहरू हुन्छन्, साथै सामान्यतया भिटामिन ए शरीरका निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ छाला, बलियो दाँत र हाडहरू बनाइराख्नका लागि भिटामिन ए आवश्यक हुन्छ । भिटामिन बीले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन सीले शरीरका कोषहरू बलियो बनाउँछ । विशेष गरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु¥याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दछ गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन्, अतः गाढा हरियो सागपात नखाएर भिटामिन एको कमी हुन्छ । भिटामिन ए आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेष गरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ, त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ए कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ए भएका फलफूलजस्तै गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि ख्वाउनुपर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर, उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्छ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतŒव पाइन्छ । लौहतŒवको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ ।
खानापछि सुस्वास्थ्यका लागि मनोरञ्जन पनि अति आवश्यक हुन्छ । हाम्रो नेपाली समाजमा विवाह, भोजभतेर, जन्मदिन, पूजा, धर्मकर्म, संस्कार आदिमा मनोरञ्जन गरिन्छ । यसका लागि नाचगान, बाजागाजाको तालमा गरिन्छ । सो गर्दा विभिन्न किसिमको नृत्य गरिन्छ । संगीतका ताल र लयअनुरूप कलापूर्ण तरिकाले नृत्य तथा नाचगान गरिन्छ । नाचगानको आफ्नै विशेषता हुन्छ । खुसीको अभिव्यक्ति गर्न मानिस मात्र नभई मयूर, ढुकुर, परेवा, अन्य पन्छी तथा जनावरहरू नाच्ने गर्छन् । यो एउटा कला हो । नृत्य आफैँमा दर्शन हो । खुसी तथा हर्षको दर्पण हो । यसले मानिसलाई तनावमुक्त परी सुस्वास्थका लागि सहयोग गर्छ । मानव सभ्यतादेखि नै नृत्य मानव तथा पशुपन्छीका लागि मनोरञ्जनको साधन बनेको छ । कुनै–कुनै बेला प्रकृति आफँै हरेक स्वरूपमा संगीत, ताल र लयमा लहलहाइरहेको भान हुन्छ । यहाँ झरेका पानीका थोपा अनि बहेका हावासमेत नृत्य गरिरहेका हुन्छन् जस्तो लाग्छ । रूखबाट झरेको पात, विछोडका पीडा होस् या स्वतन्त्रको उत्सव हो, तर पात पनि नृत्य गर्दै झर्छ जस्तो लाग्छ । मानिसभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुवैलाई नत्यले प्रतिनिधित्व गर्छ । मानव सभ्यताको धेरै पुरानो चलनहरूमा मनोरञ्जनको साधन नृत्य एउटा प्रमुख वाहक थियो । नृत्य एउटा अभिव्यक्ति पनि हो । भगवान्, राक्षस, बालकदेखि वृद्धासम्म साथै माथि प्रस्तुत गरेजस्तै पशुपन्छीले पनि आफ्नो अवस्थालाई नृत्यमार्फत प्रस्तुत गर्छन् । माथि भनेजस्तै परेवा, ढुकुर जोडी, मयूर नाचलगायत थुप्रै रमाइला प्रस्तुतिसँगै मानिसले समुदाय, धर्म, भाषाअनुरूप नृत्य प्रस्तुत गर्छन् । उदाहरणका रूपमा नेवार समुदायले प्रस्तुत गर्ने गाईजात्रा, विभिन्न नाच जस्तैः रोपाइँ, लाखे, टाकटुक आदि । त्यस्तै ब्राह्मण जातिले पूजा आदिमा श्लोक, भजन, टुक्का, बालन, अन्य जातजातिले पनि आ–आफ्ना रीतिरिवाजअनुसार नृत्य प्रस्तुत गर्छन् । रोदीघरदेखि देउसेसम्म, साकेलादेखि सामाचखेवासम्म नृत्यको आफ्नै विशेषता छ । नृत्य अथवा नाच मानव सभ्यताको पुरानो चलन हो । नृत्यलाई एक प्रकारको प्रस्तुतिभन्दा फरक नपर्ला । सन् १९८२ अप्रिल २९ बाट मनाउन सुरु गरिएको विश्व नृत्य दिवसका सन्दर्भमा सबैले खुसीले नृत्य प्रदर्शन गरी सुस्वास्थ रहनु आवश्यक छ । कोराना संक्रमण जोखिमका कारणले विश्वभरि तपार्इं–हामी त्राही–त्राही छौँ । करोडौँ मानिसलाई संक्रमणमा पारी लाखौँ मानिसको मृत्यु भएको छ । हाम्रो देशमा पनि दोस्रो लहरको कोरोना महामारीका कारण विभिन्न मुख्य सहरमा निषेधाज्ञा जारी भई घरमै बस्न परिस्थितिले बाध्य बनाएको छ । यस्तो अवस्थामा भौतिक रूपमा नभई भर्चुअल रूपमा यस्ता नृत्यमा सहभागी भई मनोरञ्जन गरी सुस्वास्थ्य रहनु छ । तबमात्र अप्रिल २९ मा मनाइने विश्व नृत्य दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्