कोरोना महामारी र नेपाली पर्यटन

विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको इतिहास हेर्दा लगभग १८१/८२ वर्षको भइसकेको छ । विश्वमा पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले भ्रमण व्यवसाय सुरु गरेका थिए । सुरुमा उनले निश्चित रकम लिएर आफ्नै देशका भ्रमणप्रेमी नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरूले अनेक खालका भ्रमणहरू विश्वभरिका कुना–काप्चासम्म नै गर्ने गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू निश्चित उद्देश्यसहित फरक–फरक ढंगले हुने गथ्र्यो । जस्तै आफ्नो देशको सीमा पैmलाउने, अरू देशलाई आफ्नो उपनिवेश बनाउने, धर्म प्रचार गर्ने, व्यापार–व्यवसाय बढाउने, बहुमूल्यका खानीहरू पत्ता लगाउने, अरू देशका बारेमा जासुसी गर्ने लगायत अनेक खाले खोज–अनुसन्धान गर्नका लागि पनि त्यो बेला धेरै मान्छेहरू अन्य देशको भ्रमणमा निक्लन्थे । तर, त्यस्तो भ्रमणमा केही न केही निहित उद्देश्यहरू रहने गरेका थिए ।
हाम्रो देश नेपालमा भने लामो समयसम्म (१ सय ४ वर्षे राणाशासनकालमा) विदेशी नागरिकहरूलाई (कूटनीतिक र सिकारको उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकाले गर्दा नेपालमा पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन, जसको असर हालसम्म पनि परिरहेको छ । त्यसो त नेपालको पर्यटनको इतिहास हेर्दा वि.सं. २००७ मा आएको राजनीतिक परिवर्तनदेखि वि.सं. २०१५ को संक्रमणकालीन अवस्थामा नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएको देखिँदैन । तर, जब तत्कालीन राजा महेन्द्रले वि.सं. २०१७ मा राजनीतिक कू गरे, त्यसपछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरेको देखिन्छ । जे भए तापनि विदेशमा नेपाली पर्यटनको प्रचार प्रसार र बजारको विस्तार गर्नमा विदेशीहरूबाटै सुरु भएको हामीले स्विकार्नुपर्ने हुन्छ । निश्चय नै यसको मतलब ३० वर्षे पञ्चायतकालमा नेपाली पर्यटन क्षेत्र चकाचक थियो भन्ने होइन, पञ्चायतकालमा पनि नेपाली पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन ।
वि.सं. २०४६ (सन् १९८९/९०) मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले पनि लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९/९० मा नेपालमा आएको प्रजातान्त्रिक व्यवस्थासँगै नेपाली पर्यटनले पनि केही बढी महŒव पाएको मान्न सकिन्छ, पैmलिएको मान्न सकिन्छ । नयाँ र प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि गर्न सक्ने जति काम गरेन । अझ जिब्रो नचपाई भन्ने हो भने तत्कालीन श्री ५ को सरकारले पर्यटन क्षेत्रमा गर्व गर्न लायक कामै गरेन, शिवाय नेपाल पर्यटन बोर्ड गर्नेबाहेक । तर, हिमाल आरोही, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (¥याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट मनग्य सलामी दस्तुर लिने, शुल्क असुल्ने त्यस्तै निषेधित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गरिन्थ्यो भने अभैm पनि नेपाल सरकारले नेपालका केही निषेधित क्षेत्रबाट केही महँगो शुल्क लिने गर्छ, सो क्षेत्रमा भ्रमण गर्न जाने विदेशी पर्यटकबाट ।
अब थोरै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने खर्चबारे कुरो गरौं । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको समयमा नेपाल आउने विदेशी पर्यटकहरूले अपेक्षा गरेभन्दा बढी नै प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च गरेका थिए । तथ्यांकअनुसार सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति, प्रतिदिन औसतमा ७३ अमेरिकी डलर खर्च गरेका थिए । तर, त्यसपछिको वर्षहरूमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति, प्रतिदिन औसतमा ४१ डलर, ४४ डलर, ४९ डलर, ५५ डलर मात्रै खर्च गरेको तथ्यांक रहेको देखिन्छ ।
त्यसो त सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिलेसम्म विश्राम लिने अवस्था नदेखिएको मात्रै होइन कि विश्वभरि नै नयाँ रूपमा चाँडै पैmलने र अझ कडा खालको कोरोना (आफ्नो नयाँ रूप विकास गरेर) बढ्ने क्रममा रहेकाले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटक संख्या निकट भविष्यमा पनि खासै बढ्ने सम्भावना देखिँदैन । त्यसैले अभैm तीन/चार वर्षसम्म नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको न त संख्या नै भने जस्तो बढ्ला, न त उनीहरूको गुणस्तर र बसाइ अवधि नै बढ्ला ।