ग्लोबल आइएमई बैंकद्वारा अटो चालकलाई क्यूआर कोड वितरण
ग्लोबल आइएमई बैंकको गाईघाट शाखाले सिटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ ।
बैंकको गाईघाट शाखा कार्यालयमा भएको कार्यक्रममा प्रदेश १ का कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् ।
बंैकको गाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने बताए । बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।