पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

इस्लामावाद-पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् २ अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।
उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबार करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै २ अर्ब हाराहारीमा छ ।”
गत बुधबार सार्वजनिक प्रतिवेदन ‘दक्षिण एसियामा क्षेत्रीय व्यापारको प्रतिवद्धता’ मा बैंकले भनेको छ, “सामान्य विवादहरूलाई थाँती राखेर दुई देशको व्यापारिक कारोबारलाई सहज बनाउँदा मात्रै कैयौँ गुणा कारोबार बढ्ने र यसबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाब देखिने सम्भावना रहेको छ ।”
बैंकले दक्षिण एसियामा अहिलेको तुलनामा पाकिस्तानले निकै धेरै कारोबार गर्नसक्ने बताएको पाकिस्तानी अंग्रे्रेजी दैनिक ‘डन’ पत्रिकाको अनलाइन प्रकाशनमा जनाएको छ । अहिलेको अवस्थामा पाकिस्तानको कारोबार ५ अर्ब डलर मात्र रहेपनि यसलाई बढाएर ३९ अर्ब ७ करोड अमेरिकी डलर पु¥याउन सकिने विश्व बैंकको अनुमान रहेको डनले प्रतिवेदनलाई उद्र्धृत गरी उल्लेख गरेको छ ।
क्षेत्रीय व्यापार वृद्धिका दक्षिण एसियाली मुलुकबीच गैरकरमूलक अबरोधलाई हटाउनुपर्ने, जनताबीचको सम्बन्धलाई वृद्धि गर्ने, सडक सुधार गर्ने, हवाई मार्गले जोडिनुपर्ने र दक्षिण एसियाली मुलुकबीच स्वतन्त्र व्यापारको धारणा महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।
प्रतिवेदन लेखनमा सहभागी प्रसिद्ध अर्थ्विद् सञ्जय कठुरियाले विश्व बैंकको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै भने, “व्यापार, तथा व्यापारजन्य विश्वासलाई प्रोत्साहन गर्न आपसी विश्वास, एक अर्काबीचको निर्भरता र शान्तिको वातावरण निर्माण हुनुपर्ने देखिन्छ ।”
‘डन’ ले कठुरियालाई उद्र्धृत गर्दै थपेको छ, “करतारपूर करिडरलाई पाकिस्तान र भारतको सरकारले खोल्न सकेमा मात्रै पनि विश्वास घाटालाई कम गर्न सकिन्छ ।”
पाकिस्तानको दक्षिण एसियाली मुलुकहरूमा निकै कम हवाई सम्बन्ध रहेको बताउँदै हवाई, जल तथा स्थल मार्गहरूको सम्बन्ध बिस्तार पाकिस्तानका लागि अनिवार्य भएको कठुरियाले बताए । पाकिस्तानको भारत र अफगानिस्तानसँग हप्तामा ६ उडान हुने गरेको छ भने श्रीलंका र बंगलादेशसँग १०÷१० वटा उडान हुने गर्छन् । त्यसैगरी नेपालसँग हप्तामा एउटामात्र उडानमात्र रहेको छ भने भूटान र मालदिभ्ससँग कुनै उडान रहेको छैन ।
भारतले सातामा श्रीलंकामा १४७ उडान भर्छ भने बंगलादेशमा ६७, मालदिभ्समा ३२, नेपालमा ७१, अफगानिस्तानसँग २२ र भूटानसँग २३ उडान भर्ने गरेको छ ।