ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरू
लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा–२६ मा केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकोे नामबाट एकीकृत वित्तीय कारोबार सुरू गरेको छ ।
एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप÷बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ । देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भइरहेको छ । वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु एक लाख २३ हजार चार सय १३ जना रहेका छन । यस्तै ६३ हजार दुई सय ९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेको संस्थाले जनाएको छ ।