भारतले आर्थिक वृद्धि प्रक्षेपण घटायो

आगामी महिना सार्वजनिक हुने संघीय बजेट अगाडि भारतले चालू आर्थिक वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई घटाएको छ । गत जुलाईमा राष्ट्रव्यापी रूपमा आएको नयाँ करले व्यवसाय नराम्ररी प्रभावित भएपछि भारतले आर्थिक वृद्धि प्रक्षेपण घटाएको हो ।
वित्तमन्त्री अरुण जेट्लीले सुरुमा आर्थिक वर्ष २०१७/१८ मा ७.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान पेस गरेका थिए ।
हाल आर्थिक वर्ष २०१७/१८ मा वार्षिक वृद्धि ६.५ हुने अनुमान गरिएको छ । यो आर्थिक वर्ष २०१६/१७ को ७.१ प्रतिशत वृद्धिको तुलनामा मन्द भएको तथ्यांक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।