चीनले व्यापार प्रतिबद्धता तत्काल कदम चाल्ने «

चीनले व्यापार प्रतिबद्धता तत्काल कदम चाल्ने

बेइजिङ-चिनियाँ अधिकारीहरुले अमेरिकासँग गरेको व्यापार प्रतिबद्धता सम्भव भएसम्म चाडो कार्यान्वय गरिने विश्वाश व्यक्त गरेका छन् । विस्तृत जानकारी नदिइकन उनीहरुले यस्तो बताएका हुन् ।
चालू अवस्थाको व्यापार युद्धमा दुवै मुलुकले एक अर्काको सामग्रीमा अर्बौ डलरको भन्सार लगाउदै आएका छन् । गत साता मात्रै अर्जेन्टिनामा आयोजना भएको जी–२० को सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अस्थायी सन्धी गर्ने विषयमा सम्झौता भएको थियो ।
तर एक अर्का पक्षबाट आएको भिन्न सूचनाका कारण अलमालमा परेकोप्रति चासो व्यक्त गरिएको छ ।
वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनियाँ अधिकारीले दुई पक्षबीच भएको वार्तालाई ठूलो सफलता भएको उल्लेख गरिएको छ ।
चीन र अमेरिकाले ९० दिनसम्मको अवधिमा छलफललाई निरन्तरता दिनेछन् । चीनले यो अवधिमा सम्भव भएसम्म चाडो अमेरिकासँग सम्झौता भएको विशेष विषयको कार्यान्वयन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिका र चीनले ९० दिन सम्मका लागि नयाँ भन्सार रोक्ने विषयमा सहमती जनाएपछि व्यापार युद्ध अस्थायी रुपमा रोकिएको छ ।
चीनबाट विज्ञप्ति आउनु अगाडि राष्ट्रपति ट्रम्पले आशाको अवस्था व्यक्त गरेका छन् तर आफ्नो कडा अडानलाई भने दोहो¥याउदै आएका छन् ।
“राष्ट्रपति सी र म सम्झौता होस भन्ने चाहन्छौ र यो सम्भवतः हुनेछ । यदी यसो भएन भने म भन्सार व्यक्ति हुु,” ट्रम्पले ट्वीटरमा भनेका छन् ।
अमेरिकी राष्ट्रतिले चीनले तत्काल अमेरिकी कृषि उत्पादन अन्य सामग्री खरिद गर्न सुरु गरोस भन्ने चाहेका छन् । उनले यसलाई उनीहरुसँगको व्यापार असन्तुलन घटनाउने प्रक्रियाको अंशको रुपमा हेरेका छन् ।
यद्यपि अमेरिकाले भन्दै आएको र चिनियाँ अधिकारीहरुले दिने गरेको संक्षिप्त केही विषयमा भिन्नता रहदै आएको छ ।
ट्रम्पले चीनसँगको वार्ता सुरु भइसकेको र उनले ९० दिने सन्धीको अवधि पनि सुरु भएको बताएका छन् । चीनले ९० दिने अवधि कहिलेबाट सुरु हुने हो भन्ने विषयमा स्पष्ट पारेको छैन ।
चीनको वाणिज्य मन्त्रालयले कारको भन्सार कटौतीको बारेमा उल्लेख गरेको छैन । जसलाई ट्रम्पले यो साताको सुरुमा चीनले सहमती जनाएको बताएका थिए ।
ट्रम्पले यसै साता ट्वीटरमा बेइजिङले अमेरिकी कारमा लगाउदै आएको ४० प्रतिशतको भन्सारलाई घटाउने वा हटाउने भन्ने विषयमा सहमती जनाएको बताएका छन् ।
चीनले राष्ट्रपति ट्रम्प र सीबीच व्यापार वार्तामा भएको परिवर्तित सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता चीनले सम्भाव भएसम्म चाडो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्