सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य «

सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको निर्णयबमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशील रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् । उनी यसअघि आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । आरम्भ माइक्रोफाइनान्सभन्दा अघि उनीले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सिभिल बैंकको सहायक कम्पनीका रूपमा रहेको राष्ट्रिय स्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरूमा हाल ३१ वटा शाखा कार्यालयहरूमार्फत करिब १८ हजार ८ सयभन्दा बढी ग्राहक सदस्यहरूमा आय आर्जनको निमित्त ६४ करोडभन्दा बढी रकम लगानीमा बाँकी छ भने आगामी दिनमा थप शाखाहरू सञ्चालनमा ल्याई थप घरपरिवारलाई विभिन्न लघुवित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्