नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ । केही बैंकले एक वर्षे मुद्दतिमा साढे चार प्रतिशत ब्याज दिइरहेका बेला नबिलले साढे ७ प्रतिशतभन्दा बढी दिने घोषणा गरेको हो ।
बैंकका ११९ वटा शाखाबाट निक्षेप जम्मा गर्न सकिन्छ । सबै शाखामा यो योजना सञ्चालनमा छ । बैंकका देशभर १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।