समृद्धि फाइनान्सका नयाँ शाखा नारायणगढमा «

समृद्धि फाइनान्सका नयाँ शाखा नारायणगढमा

समृद्धि फाइनान्स कम्पनीले चितवनको नारायणगढमा नयाँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित मिलनरोडमा एक कार्यक्रम बीच उक्त कम्पनीको शाखा शुभारम्भ गरिएको हो । शाखाको उद्घाटन चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदी र सञ्चालक दिपक अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटनपछि बोल्दै कंडेलले उद्योग र वित्तीय संस्थाको सम्बन्ध नङ र मासुको जस्तो रहने बताए । उद्योगी र वित्तीय संस्थाहरु बीच सहकार्य अपरिहार्य रहेको भन्दै उनले हरेक समस्यामा एकअर्काका परिपुरक हुनुपर्ने बताए । उनले कम्पनीको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफुहरु कम्पनीसंँग सहयात्राको रुपमा अघि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले बैंक र वित्तीय संस्थाको भीड र प्रतिस्प्रर्धाको बजारमा ग्राहकसेवा मैत्री वातावरण तय गर्न नारायणगढमा शाखा विस्तार गरिएको बताए ।
जनता र सेवाग्राहीको सेवा दिंँदा आएका समस्या र झण्झट जस्ता गुनासोलाई सम्बोधन गर्न र तोकिएको समयमा सेवा तथा विश्वास दिन कम्पनी प्रतिबद्ध रहने उनले बताए ।
अधिकांश युवा बैंकर्स सहकार्य र समन्वयबाट स्थापना गरिएको बताउंँदै देशभर शाखा विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
कम्पनीले साना तथा मझौला व्यवसायी र अन्य बचत कर्तालाई लक्षित गर्दै समृद्धि सुपरबचत खाता, समृद्धि गृहलक्ष्मी बचत खाता, समृद्धि ५५ प्लस बचत खाता, समृद्धि बाल बचत खाता सञ्चालन गरिरहेको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको मान्यता प्राप्त गरेपनि निक्षेपमा सात प्रतिशतसम्म ऋणको प्रकृति हेरी ११ देखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ५४ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको मसान्तसम्म ८० करोड रुपैयाँ चुक्तापूँजी पु¥याउने लक्ष्य रहेको बताएको छ । कम्पनीको मुख्य कार्यालय हेटौंडा रहेकोमा अन्य शाखाहरु काठमाडौं, पोखरा, बुटवलमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्