Logo

जनसेवी लघुवित्तको मुनाफा ३२ लाख

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जान गरेको छ । १० जिल्ला कार्यक्षेत्र (पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहु, लमजुङ, कास्की र गुल्मी) भएको यस संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ९ करोड ८० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए । यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२ हजार २ सय ४६ जना ग्राहक सदस्यबाट २०७५ कात्तिक मसान्तसम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैयाँ बचत संकलन गरेको छ भने यस वित्तीय संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब, ४४ करोड, ४३ लाख, ७२ हजार ५ सय कर्जा प्रवाह गरी ९५ करोड, ८३ लाख १३ हजार ५ सय ८१ असुली भई हाल ४८ करोड, ६० लाख, ५८ हजार ९ सय १९ रुपैयाँ लगानीमा रहेको संस्थाले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्