साक्षर बन्दै जुम्ली महिला

जुम्लाका जनजाती महिलाहरूहरू बल्ल कखरा सिकेर साक्षर बन्न थालेका छन् । तीन महिने साक्षरता कार्यक्रम सुरु भएसँगै जुम्ली जनजाति महिलाहरू कखरा सिकेर साक्षर बन्न थालेका हुन् ।
सधैं घरधन्दामै बेस्थ हुने, जाँडरक्सी बेच्ने पुर्खेउली पेशालाई अंगाली रहेकी निरक्षर जुम्ली जनजाति महिलालाई सामान्य लेखपढ गराउने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाको सहयोगमा ३ महिने जनजाती महिलाका लागि साक्षरता कार्यक्रम सुुरु भएको छ । जीविका चलाउन जाँड–रक्सी बेच्न बाध्य जनजाती महिलाको क्षामता विकासका साथै आर्थिक रूपमा सक्षम बनाउन पनि साक्षरता कार्यक्रम आवश्यक ठानिएको थियो ।
सोहीअनुसार सुरु भएको तीन महिने साक्षरता कार्यक्रमबाट जुम्लाका करिब ८० जना जनजाती महिला लाभान्वित भएको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवि न्यौपाने (महतले) बताइन् ।
सामान्य लेखपढ पनि गर्न नजान्ने महिलाहलाई लक्षित गरी तिन महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको र जनजाती महिलालाई आफ्नो नाम लेख्न, मोबाइल चलाउन, फोन नम्बर चिन्नेलगायतका कुरामा सक्षम बनाउने लक्ष्य रहेको उपमेयर न्यौपानको भनाई छ । शिक्षाले गर्दा रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाइने उल्लेख गरिन् ।
यता,जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङले जनजातीका महिलाले बल्ल अक्षर चिन्न सुरु गरेकोमा खुसी व्यक्त गरे । तीन महिने साक्षरता कार्यक्रमले जनजाति महिलाको आनिबानी परिवर्तनदेखि सामान्य लेखपढमा समेत सुधार हुने विश्वास गरिएको छ ।
जुम्लामा रहेका अधिकांश जनजाति महिला आफ्नो नाम पनि लेख्न जानेका छैन । ३ महिनाको अवधिमा उनिहरूलाई नाम लेख्न सिकाउने, अक्षर चिनाउने र सामान्य लेखपढ गर्न सिकाइने, चन्दननाथ नगरपालिका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईंले बताए । खुलस्त रुपमा आफ्नो परिचय सम्म भन्न नसक्ने जनजाती महिलाको क्षामता विकासमा साक्षरता कार्यक्रम कोशेढुंगा साविक हुने दाबी गरे ।
फागुन तेस्रो सातबाट सुुरु भएको जनजाती महिलाका लागि साक्षरता कार्यक्रम आगामी बैशाख तेस्रो साता समापन हुने भएको छ ।