संसद् विघटन ऐतिहासिक अपराध हो : पौडेल «

संसद् विघटन ऐतिहासिक अपराध हो : पौडेल

धरान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघठन ऐतिहासिक अपराध रहेको बताउँदै सडकमा संविधान फालिएको एवं मतको धोका भएको बताएका छन् ।
पूर्व सभामुख समेत रहेका पौडेलले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र कमजोर हुन नदिन संसद् प्रणाली बच्नुपर्ने बताए । संसद् विघटन ऐतिहासिक अपराध भएको उनको भनाइ थियो ।
देशमा विभिन्न कालखण्डमा भएको आन्दोलनबाट अहिलेको व्यवस्था ल्याउन सफल भएको बताउँदै उनले प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्धतर्फ अगाडि बढाउन सकेमात्र सहिदले देखेको सपना पूरा हुने धारणा राखे । लोकतन्त्र सफल पार्न नेताले कार्यकर्तालाई मूल्यांकन गर्नै हैन, नेताको चाहिँ कार्यकर्ताले मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्