Logo

ओम बैंकद्वारा आमा समूहलाई सरसफाई सामग्री प्रदान

ओम डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका–२ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचोलगायत विविध सरसफाई सामग्री प्रदान गरेको छ । वडा नं २ मा बिहीबार आयोजित एक समारोहकाबीच आमा समूहका अध्यक्ष कल्पना पराजुली र वडा नं २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उक्त सामग्री बिन्ध्यवासिनी मन्दिर, वडा नं २ को कार्यालय हुँदै पोखरा बाग्लुङ राजमार्ग वरिपरि राखिने वडा सदस्य तथा संयोजक गौतम बिजुक्छेले बताए । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ–संस्थाहरूलाई यसैगरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरू सहयोगहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्