Logo

गण्डकी विकास बैंकको वार्षिकोत्सवमा सामाजिक कार्यक्रम

 गण्डकी विकास बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतका दुई छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेको छ । पहिलो कार्यक्रम अन्तरगत बैंकले वर्तमान समयमा रहेको मानव जीवनसँग प्रत्यक्ष सरोकार राखेको रक्त अभावलाई मध्यनजर गरी खुला रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै बैंकको प्रधान कार्यालय प्रांगण बीपीचोक, चिप्लेढुंगा पोखरामा क्षेत्रीय रक्तसञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमबाट ८१ युनिट रगत संकलन गरिएको जनाएको छ ।
बैंकका सञ्चालक पद्यप्रसाद पौडेलबाट पहिलो ब्लडब्याग पहिलो दाता कृष्ण पौडेललाई हस्तान्तरण गरी शुभारम्भ गरिएको कार्यक्रममा बैंकका कर्मचारी एवं सर्वसाधारणले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्