अस्पताल निर्माण गर्न बजेट अभाव हुँदैनः अर्थमन्त्री «

अस्पताल निर्माण गर्न बजेट अभाव हुँदैनः अर्थमन्त्री

अर्थमन्त्रीमा विष्णु पौडेल

भक्तपुर-अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने प्रतिवद्धतासमेत जनाए । उनले अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताए ।
आगामी छ महिना भित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध हुने समेत उनले बताए । मन्त्री पौडेलले सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पदाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न आग्रह गरे ।
अर्थ मन्त्री पौडेलसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु लागिपरेको बताए । उनले दुवाकोटकाब स्थानीयलाई पनि सो काममा सहयोग गर्न आग्रह गरे । विस्तारित अस्पतालको कामले छिटो भन्दा छिटो थालनी पाउने उनले बताए ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको अस्पतालका लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ ।
मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् । जसका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भएपनि सो कम्पनीले भने ढल पानी विद्युत् बाटोलगायत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्षदेखि काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्