लगानीको वातावरण र रोजगारी सृजना नभए देश सामाजिक द्वन्द्वमा जान्छ : चौधरी

वीरगन्ज-उद्योपति विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिएका छन् । उद्योगपति चौधरीले लगानीको वातावरण बनाएर रोजगारीको सृजना गर्न नखोज्ने हो भने भोलीका दिन र बाटोहरु अझ कठिन हुनसक्ने र देश सामाजिक द्वन्द्वको बाटोमा जान सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजकसमेत रहेका चौधरीले राजनीतिक दलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने व्यक्तिहरु भएकाले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्यसहित ‘गरिखाने अभियान’ सुरु गरेको जानकारी दिए । उनले भने, “नेपाली कांग्रेससँग आवद्ध उद्योगी व्यवसायीहरु जो आफ्नै खुट्टामा उभिएर आएका छन् । एउटा सम्पन्न राष्ट्रको सपना देखेका छन् ।
नेपाली कांग्रेस भित्रपनि गरिखानेमा विश्वास गर्ने थुप्रै जमात छ । यी जमातलाई कसरी आउने दिनमा एकत्रित बनाउने ? त्यसको लागि एउटा प्रणालीकै विकास गर्न अभियान सुरु गरिएको हो । यो एउटा इको सिस्टम नै हो । त्यसलाई नै स्थापित गर्न ‘गरिखाने अभियान’ सुरु गरेका छौं ।” म यो काम गर्न चाहान्छु भन्नेले कामको योजना बनाउन सक्नुपर्ने उनले बताए । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजनाहरु प्रशस्तै छन् । पुँजीको अभाव छैन भन्ने बैंकहरुले पनि भनिरहेका छन् ।
प्रमाणपत्रको आधारमा कर्जा पाउँछ भन्ने सुनेका छौं । तर, कति उद्योगहरु स्थापना भएका छन् ? कतिले रोजगारी पाएका छन् ? कति नयाँ उद्योगहरु र नववर्तनकारी उद्यमीहरु आए ? कति नयाँ उद्यमी बन्न चाहेका छन् ? भन्ने गम्भीर प्रश्न अगाडि छ ।
त्यस्ता वर्गलाई ल्याउनुपर्छ ।” नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिका संयोजक र निवर्तमान सांसदसमेत रहेका उद्योगपति चौधरीले ठगीखाने नभइ मुलुकभरी गरिखानेमा विश्वास गर्नेहरुलाई कसरी मूलधारमा ल्याउन सकिन्छ ? त्यसको लागि नेपाली कांग्रेसले नेतृत्व गरेको समिति नै प्लेटफर्म बन्नुपर्छ भन्ने उद्देश्यले अभियान सुरु गरेको र यसलाई छिटै कार्यान्वयनमा ल्याइने पनि उनले बताए ।
समाजमा गरिखानेप्रतिको सकारात्मक भावना र त्यसपछि समाजले गरिखाने भन्ने सिद्धान्तको निर्माण गरेर परिवर्तन ल्याउने नै अभियानको उद्देश्य रहेको बताए । कोरोना भाइरस (कोभिड–१९) महामारीले अहिले आपूर्ति श्रृंखला तोडिएको अवस्थामा अब देशमै आफैले केही गर्नुपर्छ भन्ने पाठ सिकाएकाले पनि गरिखाने अभियानले यसको लागि सातवटै प्रदेशमा संरचना निर्माण गर्ने उनले बताए । काम गर्नेहरुलाई हौसला र प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, “फ्रण्टियर्सलाई ल्याउनुपर्छ ।
बेरियर (अवरोध) लगाउने होइन । सकारात्मक दृष्टिकोणका प्रतिनिधि पात्रहरुको संख्या वृद्धि गर्नुपर्छ ।” वीरगन्ज, भनेको उद्योग र व्यावसायको सबैभन्दा अग्रपंक्तिमा रहेको ऐतिहासिक स्थान र पहिचान बोकेको सहर पनि भएकोेले यो गरिखाने अभियानको सुरुवात वीरगन्जबाटै गरिने बताए । उनले थपे, “गरिखाने बन्न चाहान्छौं । राजनीतिक व्यक्तिहरु र राजनीतिज्ञहरुको बीचमा पनि गरिखानेहरुको बर्चस्व हुनुपर्छ । यो एकखालको क्रान्ति नै हो ।
गरिखाने बन्न चाहान्छौं ।
सञ्चालन गर्ने पार्टीले मात्रै सम्पन्न राष्ट्र बनाउन सक्छ भन्ने विश्वमा स्थापित भएको छ” उनले भने, “कुनै नयाँ चिज र सोच आउने वित्तिकै किन हुन सक्दैन ? भन्नेबाट छलफल सुरु हुन्छ । तर, यो किन होइन, कि जसरी पनि गरि छाड्छौं भन्ने संकल्पका साथ अगाडि बढ्छौं । गर्न सक्नेहरुलाई आफ्नो ठाउँमा उभ्याउन सक्नुपर्छ ।” अभियानका सहसंयोजक तथा संविधानसभा सदस्य अनिल कुमार रुंगटाले धेरै युवा उद्यमीहरु लगानी सुरक्षाको विषयमा चिन्तित भएकोले उनीहरुलाई लगानीको प्रोत्साहन र वातावरण आवश्यक भएकोले यसको लागि अभियान सहयोगी बन्ने विश्वास व्यक्त गरे ।