भन्सार प्रशासन सुदृढीकरणः एक दिगो आपूर्ति श्रृंखला «

भन्सार प्रशासन सुदृढीकरणः एक दिगो आपूर्ति श्रृंखला

सन्दर्भ : अन्तर्राष्ट्रिय भन्सार दिवस (२६ जनवरी, २०२१)

नेपालको भन्सारले निजी क्षेत्रसँग सहकार्य गरी कार्य गर्नुपर्छ भने सूचना प्रविधितर्फको अङ्कीकरण विकल्प मात्र नभई आवश्यकतासमेत रहेको देखिन्छ ।

जनवरी २६ लाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा लिइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा ‘भन्सार प्रशासन सुदृढीकरण गर्दै पुनर्ताजकी (रिकभरी), नवीकरण र लचिलोपन : एक दिगो आपूर्ति श्रृंखलाका लागि’ रहेको छ । विश्व भन्सार संगठनका सदस्यहरू र यसका साझेदारहरूले समेत यस अवसरमा अन्वेषणात्मक विचारहरूलाई प्रवद्र्धन गर्ने सुअवसर प्राप्त गर्नेछन् । यसबाट सदस्य राष्ट्र एवं मुलुकहरूले अवलम्बन गरेको अन्वेषण आपसी सहमतिमा भएमा साझेदारीबाट गरिएका विकासहरू प्रविधिसँग नयाँ सोच र चिन्तन एवं समाधानमा नयाँ एवं नवीन तौरतरिकाबारेमा समेत छलफल, आदानप्रदान र विकसित एवं लागू गर्ने सुअवसर यस भन्सार दिवसले दिने अपेक्षा गरिएको छ ।
नेपाल र विश्व भन्सार संगठनबीचको सम्बन्धलाई सरसर्ती हेर्दा सन् २०१२ मा सो संगठनका महासचिव डा. कुवियो मुकिरियोले नेपाल भ्रमण गरेको र उनको त्यो भ्रमण नेपाल सो संगठनको सदस्य २२ जुलाई १९८५ मा भइसकेपछि हालसम्मको पहिलो नेपाल भ्रमण रहेको बुझिन्छ । सो अवसरमा उनले व्यापारिक, औद्योगिक एवं उच्चपदस्थ अधिकारीहरूको बीचमा विशेष सम्बोधन गर्दै नेपालका भन्सारमा भएका सुधारात्मक कार्यको सराहना र आधुनिकीकरणतर्फ भइरहेको प्रयासतर्फ सन्तोष व्यक्त गरेका थिए । सो अवसरमा उनले नेपालले अवलम्बन गरेको तत्कालीन चारवर्षे भन्सार सुधार र आधुनिकीकरण कार्ययोजना अन्य मुलुकको भन्सार प्रशासनमा समेत नमुनाका रूपमा प्रस्तुत गर्न सकिने कुरा बताएका थिए । उद्योग र वाणिज्य क्षेत्रको समग्र विकासका लागि भन्सारको भूमिकामाथि प्रकाश पार्दै उनले सार्वजनिक सुरक्षा र सीप व्यवस्थापनबाट समेत नेपाल भन्सार प्रशासनको क्षेत्रमा सही दिशातर्फ उन्मुख रहेको कुरा बताएका थिए ।
नेपालको सन्दर्भमा, व्यवसाय एवं उद्योग मुलुकको आर्थिक वृद्धिका निम्ति मूल पूर्वाधार र खम्बा रहेको कुरामा कुनै विमति छैन । किनकि कृषि एवं पर्यटनका आफ्नै सीमाङ्कनहरू देखा पर्छन् । त्यसैगरी प्राविधिक अन्वेषणले केवल प्रतिस्पर्धात्मक फाइदा मात्र दिने होइन, अपितु यसले लागत, समय र गल्तीसमेत कम हुने गर्छ । त्यसो भएको हुनाले नेपाली इन्जिनियर र प्राविधिज्ञहरूले समेत प्रविधि प्रयोग गर्ने अन्तिम सोचलाई प्रयोग गर्नु आवश्यक मात्र होइन, अनिवार्य समेत भइसकेको छ ।
नेपालले समेत विश्व भन्सार संगठनले परिकल्पना गरेको यस वर्षको नारासँग तादात्म्य मिल्ने गरी निजी क्षेत्रका अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ वस्तुगत संगठनहरूले परिलक्षित गरेका उद्देश्यहरू परिपूर्ति गर्दै यस वर्षको भन्सार दिवसको नारा सफलीभूत पार्न विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
सरकारी एवं निजी क्षेत्रका बीचमा सार्थक वार्ताका लागि मूल कडीका रूपमा भन्सारमा अन्वेषण र त्यसको वास्तविक प्रयोग हुनु आवश्यक छ ।
यस परिप्रेक्ष्यमा २६ जनवरीमा मनाइँदै गरिएको विश्व भन्सार दिवसका अवसरमा सबै भन्सार प्रशासनहरूले अन्वेषणात्मक सम्भावनाको विकास प्रयोग गरी जोखिम व्यवस्थापन न्यून गर्न समग्र भन्सार व्यवस्थापन सक्षम हुनेछ भन्ने अपेक्षा लिनुपरेको छ ।
कुनै पनि मुलुकमा भन्सारले मुलुकको तीव्र सामाजिक–आर्थिक विकास गर्नका लागि राजस्व संकलनको माध्यमद्वारा र व्यापारको अनुकूलतम एवं न्यायसंगत सहजीकरणका लागिसमेत प्रमुख भूमिका खेल्ने गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसले उचित एवं प्रभावकारी राजस्व संकलन गर्नका लागि अन्वेषणात्मक माध्यम अपनाई आवश्यक कार्य गर्नु अत्यावश्यक भइसकेको छ । यो कुरा भन्सार प्रशासनको एजेन्डाको प्रमुख विषय रहेको र आगामी केही वर्षहरूमा समेत रहिरहनेछ । यसबाट मुलुकका लागि आवश्यक स्वास्थ्य सेवा, कानुन निर्माण एवं अपराध नियन्त्रण, गरिबी निवारण र वातावरण संरक्षण गरी मुलुकको समग्र आर्थिक उन्नतिमा समेत भन्सारले प्रमुख भूमिका खेल्छ ।
भन्सार प्रशासनमा नयाँ प्रविधि प्रयोग गर्न धेरै अवसर एवं चुनौतीहरू रहेका छन् । यसको खरिद, सही प्रयोग, तालिम आदिमा जोड दिनुपर्नेछ । भन्सारको भविष्य कस्तो होला भनी आकलन गर्ने गाह्रो काम छ तापनि भविष्य चुनौतीपूर्ण छ भन्नुमा अत्युक्ति नहोला, किनकि परिवर्तन भन्ने कुरा कठिन एवं चुनौतीपूर्ण रहन्छ । भविष्यमा देखिने चुनौतीहरूमा राजस्व संकलन, व्यापार सहजीकरण र भन्सारका नियमहरूको उचित परिपालना र लागू गर्नु र देशवासी एवं सरकारको हितका लागिसमेत बढीभन्दा बढी परिवर्तन समयसापेक्ष रूपमा गर्नुपर्ने प्रमुख चुनौतीका रूपमा आउने देखिन्छ ।
मुलुकको भन्सार प्रशासनलाई चुस्त तथा सुरुस्त बनाई राजस्व असुली व्यवस्थालाई भरपर्दो र पारदर्शी बनाउने सरकारको नीति रहेको देखिन्छ । विश्वव्यापीकरणको वर्तमान अवस्थामा भन्सार राजस्वमाथिको निर्भरता क्रमशः हट्नुपर्ने भएकाले भन्सारको भूमिका व्यापार सहजीकरणतर्फ रूपान्तरण हुनुपर्ने देखिन्छ ।
नेपालको भन्सारले निजी क्षेत्रसँग सहकार्य गरी कार्य गर्नुपर्छ भने सूचना प्रविधितर्फको अङ्कीकरण विकल्प मात्र नभई आवश्यकतासमेत रहेको देखिन्छ । राजस्व परिचालनमा महत्वपूर्ण योगदान दिने भन्सारको हरेक काम कारबाहीहरूले उद्योग व्यापारमा महत्वपूर्ण प्रभावहरू पर्ने भएकाले उद्यमी–व्यवसायीलगायत राष्ट्रकै चासो यससँग गाँसिएको हुन्छ । भन्सार राजस्व मात्र उठाउने निकायका रूपमा भन्दा देशको सिमानामा रहेको व्यापार सहजीकरण एकाइका रूपमा यसको भूमिकालाई परिवर्तन गरी व्यापार सहजीकरणतर्फ विश्व व्यापार संगठनले जारी गरेको महत्वपूर्ण निर्देशिका, मार्गदर्शन र निर्णयहरूको कार्यान्वयन तथा उद्यमी–व्यवसायीहरूको व्यावहारिक समस्याको तत्काल समाधान हुने अन्वेषणात्मक संरचनात्मक व्यवस्थातर्फ समेत विश्व भन्सार दिवसले थप प्रेरणा दिनेछ ।
नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रमा भन्सार व्यवस्थापनको प्रभावकारिताले आपूर्ति प्रणाली र राजस्वलाई मात्र अनुकूल पार्ने नभई राष्ट्रिय अर्थतन्त्रका विविध आयामलाई सकारात्मक दिशातर्फ डो-याउने कुरा प्रस्ट छ ।
विदेशी मुद्राको विनियम दरमा आउने उतारचढाव र विभिन्न मालवस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा हुने उतारचढावले आयातित वस्तुको मूल्य प्रभावित भइरहेको हुन्छ । तर भन्सार विभागले यी तथ्यहरूलाई स्वीकार नगर्दा आयातकर्तालाई ठूलो मर्का पर्ने गरेको छ । अतः आगामी दिनदेखि यसमाथि पुनरावलोकन हुनुपर्छ ।
हाल भन्सार विभागसँग आयातित मालवस्तुको यथार्थपरक ढंगले मूल्याङ्कन गर्ने व्यावहारिक र लचिलो मूल्याङ्कन प्रणाली उपलब्ध छैन । फलस्वरूप अन्तर्राष्ट्रिय बजारको महत्वपूर्ण पक्षलाई मध्यनजर गरी भन्सार कार्यालयबाट मालवस्तुको मूल्याङ्कन हुन सकेको पाइँदैन ।
आयातित सामानको मूल्याङ्कन र क्लियरेन्स गर्ने सम्बन्धमा भन्सार कार्यालयले मूल्याङ्कनमा विवाद उठाउने गरेको छ, जसले गर्दा व्यवसायीले अनावश्यक ढिलाइ भोग्नुपर्ने, समय लागत बढेर मूल्यमा वृद्धि हुने, ट्रक-कन्टेनरको भाडा बढ्ने, रकम धरौटी राख्नुपर्नेजस्ता समस्या पैठारीकर्ताले भोग्नुपरेको छ ।
भन्सार विभागसँग बहुराष्ट्रिय कम्पनीले जारी गरेको बिजकलाई मान्यता दिने नीतिगत व्यवस्था छ । बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादनको सही र यथार्थ भएकाले बहुराष्ट्रिय कम्पनीको बिजक मूल्यलाई स्वीकार्नु तर्कसंगत छ । अतः भन्सार विभागबाट यस प्रकारको मूल्य स्विकारिनुपर्छ, तर कुन–कुन कम्पनी वा उत्पादक बहुराष्ट्रिय कम्पनी हुन् भनी यकिन गर्ने साझा संयन्त्र हाल हामीसँग छैन । अतः भन्सार विभाग, स्वतन्त्र विज्ञ र निजी क्षेत्रको सहभागितामा नेपालमा विभिन्न किसिमका मालवस्तु आपूर्ति गर्ने बहुराष्ट्रिय कम्पनीहरूको सूची बनाउन आवश्यक छ ।
अर्थतन्त्रका लागि संवेदनशील रहेका मालवस्तुहरू (जस्तै— सोयाबिन, स्टिल, खाद्यान्न, औद्योगिक कच्चापदार्थ, औद्योगिक मिल–मेसिनरी पार्ट्स आदि) को मूल्याङ्कन गर्नका लागि भन्सार विभाग र सम्बन्धित वस्तुगत संघका प्रतिनिधि बसेर निश्चित मापदण्ड बनाउनुुपर्छ ।
नेपालको परिप्रेक्ष्यमा राज्यले राजस्व असुल्ने प्रयोजनका लागि स्थापित भन्सार प्रशासनको सुरुवात प्राचीन युगदेखि नै देखा परेको छ । नेपाल यसबाट अपवाद हुन सकेन । लिच्छवि र मल्लकालमा नेपालको व्यापार–व्यवसाय फस्टाएको थियो भने राणाकालमा भने भन्सार प्रशासनले अझ बढी संगठित रूपमा समेत आफ्नो अस्तित्व देखाउन सकेको कुरा इतिहासको सर्सरी समीक्षा गर्दा देखिन्छ ।
नेपालको भन्सार प्रशासन पनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, सहमति र प्रतिबद्धताको अनुसार गर्नुपर्ने हुन्छ । लकडाउनमा समेत नेपाली भन्सार प्रशासन चलायमान भएको थियो ।
यस वर्ष विश्व भन्सार संगठनका अनुसार २६ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय भन्सार दिवस (आईसीडी) ले कोभिड संकटबाट बाहिर आउन र ग्लोबल सप्लाई चेनलाई सुदृढ गर्दै जनता र व्यवसायलाई सहयोग पु-याउनका लागि भन्सारको संयुक्त प्रयासप्रति समर्पित गरिनेछ । टेक्नोलोजीको उचित प्रयोग र नाराका साथ परिवर्तन प्रक्रियाको केन्द्रमा ‘व्यक्ति’ राख्ने, कोभिड–१९ को महामारीले हाम्रो जीवनलाई त्यस्तो तरिकामा परिवर्तन गरेको छ, जुन हामीले सोचेका थिएनौं । तर, एउटा कुरा भने एकदम स्पष्ट भएको छ कि विश्वव्यापी व्यापारको निरन्तर महत्व र सीमाहरूमा मालसामानहरूको सहज प्रवाहलाई सहयोग पु-याउने पहलहरूको, विशेष गरी उनीहरूलाई अत्यावश्यक पर्ने क्षेत्रहरूमा आवश्यक वस्तुहरूको ओसारपसारमा व्यवस्थापन भएको छ ।
अधिकांश देशहरूले नयाँ आदर्शलाई अनुकूलतम प्रयोग गर्ने गरी कदम चालेका छन । अगाडि बढ्ने चुनौती भनेको प्रभावलाई कसरी कम गर्ने र एकपटक सुधार भएमा बलियो सुधारलाई सहयोग गर्ने कुरा हो । भन्सारले महŒवपूर्ण भूमिका खेल्छ । नोकरशाही र सिमानामा कम लागत लगाएका देशहरूले यसअगाडि नलिएको फाइदा लिन सकेका छन् र स्वास्थ्य र सुरक्षाका साथै आर्थिक दृष्टिकोणबाट दुवै देशलाई सहयोग पु-याउने आधारभूत सुधारहरू कार्यान्वयन गर्न अहिले जत्तिको महत्वपूर्ण समय कहिल्यै आएको थिएन ।
आधुनिक जोखिममा आधारित भन्सार प्रक्रियाहरू कार्यान्वयन गर्दा व्यापार सुविधाको अनुपालनको आवश्यकतालाई सन्तुलनमा राख्छ कि आवश्यक वस्तुहरू समयमै उनीहरूको गन्तव्यमा पुग्छ भन्ने कुराको सुनिश्चित गर्न मद्दत पु-याइनेछ र निकासी प्रक्रियालाई टाढैबाट र डिजिटली प्रबन्धन गर्दा भन्सार अधिकारी र आयातकर्ताहरूको स्वास्थ्यमा समेत नकारात्मक असर देखिनेछैन, निर्यातकर्ताहरूलाई सुरक्षित गर्न सकिन्छ ।
देशहरूले दिगो आर्थिक वृद्धिका लागि अनुपालन र व्यापार सुविधाको बीचमा उचित सन्तुलन कायम गर्दै कार्य गर्नैपर्छ । वास्तवमा, प्रक्रियाहरू पारदर्शी र कार्यान्वयनमा स्थिर हुनु आवश्यक छ । डब्लूसीओको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँगको संयुक्त विज्ञप्ति जारी गर्ने उदाहरणको प्रयोग गर्दा भन्सार प्रशासन र निजी क्षेत्रले चुनौतीहरूको स्पष्ट दृष्टिकोण प्राप्त गर्न एकअर्कासँग संलग्न हुनुपर्छ ।
केही उपायहरू महामारीका बखत अस्थायी आधारमा मात्र कार्यान्वयन हुनेछ, धेरै दैनिक कामकाजको हिस्सा बन्नुपर्छ र जोखिम व्यवस्थापनको प्रयोग प्रत्येक भन्सार प्रशासनको हतियारमा एक उपकरण हुनुपर्छ । दुवै जोखिम व्यवस्थापन प्रणाली र जोखिम प्रोफाइलिङ व्यापार सुविधा र आश्वासन अनुपालनका लागि प्रमुख सक्षमकर्ता हुन् । यसले प्रशासनलाई सीमित सीमा शुल्क स्रोतहरूको उपयोगलाई अनुकूलित गर्न मद्दत गर्छ ।
डिजिटलाइजेसन अहिलेको भन्दा बढी कहिल्यै महŒवपूर्ण भएको छैन । सामाजिक दूरी कायम गर्न, भन्सार घोषणा र सम्बन्धित कागजातहरूको इलेक्ट्रोनिक प्रसारण आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्