रुसको राष्ट्रिय संचितीमा पहिलो पटक डलर भन्दा सुन बढी «

रुसको राष्ट्रिय संचितीमा पहिलो पटक डलर भन्दा सुन बढी

मस्को-२०२० को जुन ३० सम्ममा रुसको विदेशी विनिमयको संचितीमा २२.९ प्रतिशतले वृद्धि भएको देशको केन्द्रीय बैंकले जनाएको छ ।
यसैबीच अमेरिकी डलरको हिस्सा पनि २२.२ प्रतिशतबाट बढेर २४.२ प्रतिशत पुगेको छ । युरोका हिस्सा पनि २९.२ प्रतिशतबाट बढेर ३०.६ प्रतिशत पुगेको छ । नियामकले चिनियाँ युआनको संचितीलाई पनि १३.२ प्रतिशतबाट घटाएर १२.२ प्रतिशत कायम गरेको छ ।
सामान्य रुपमा ६ महिनाको अन्तरमा प्रकाशित गरिने तथ्यांक अनुसार देशको विदेशी विनिमयको संचितीमा सुनको मूल्य अमेरिकी डलर भन्दा बढी भएको छ ।
मौद्रिक अर्थमा सुनको मूल्य कुल १२८.५ अर्ब डलर पुगेको छ भने अमेरिकी डलर १२३.६ अर्ब डलर मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्