कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण विध ल्याबमा «

कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण विध ल्याबमा

विध ल्याबमा कोरोनाभाइरसविरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आइतबारबाटै सुरु गरिएको ल्याबले जनाएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने सम्भावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण सुरु गरेको जनाएको छ ।
यसअघि, कोरोना परीक्षण गराउँदै आएको ल्याबले शरीरमा प्रचुर एन्टिबडी बनेको छ भने खोपको लागि हतार गर्नु नपर्ने सुझावसमेत दिएको छ । शरीरमा कोरोनाभाइरसविरुद्धको एन्टिबडी बनेको छ कि छैन भन्ने विषय पनि एन्टिबडी जाँचपछि थाहा पाइने ल्याबले बताएको छ । ल्याबले एन्टिबडी परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्