वारेन बफेट समर्थित विद्युतीय कारको बिक्री प्रतिद्वन्द्वी स्टार्ट–अप भन्दा बढी

बेइजिङ-चिनियाँ अटो निर्माता बीवाईडीले देशकै ठूलो अर्को स्टार्ट–अपले भन्दा बढी विद्युतीय सेडान बिक्री गरेको छ । बीवाईडीमा अमेरिकी अर्बपति लगानी गुरु वारेन बफेटको समर्थन रहदै आएको छ ।
तर, गत वर्ष चीनमा विद्युतीय यात्रु कारको बिक्रीमा ११ प्रतिशतको कमी आएको थियो ।
समग्र कारको बिक्री पनि ७.४६ प्रतिशतले घटेको थियो ।
पुरै वर्षको गणना गर्दा बिक्री घटेपनि डिसेम्बरमा भने बढेको थियो । ब्याट्रिबाट चल्ने र प्लग–इन हाइब्रिड विद्युतीय सवारीको बिक्री अघिल्लो वर्ष अर्थात् २०१९ को समान महिनाको तुलनामा १५० प्रतिशतले बढेर २७ हजार ५९४ पुगेको थियो ।