Logo

एफटीटीएचमा भ्वाइस, डेटा र भिडियो एकसाथ दिंदै टेलिकम

नेपाल टेलिकमले अंग्रजीनयाँवर्ष २०२१ को सुरुवातसंगै फाइबर टु दीहोम (एफटीटीएच) सेवामा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु गर्ने भएको छ । हालसम्म एफटीटीएचबाट भ्वाइस र डेटा मात्रै दिएको कम्पनीले अब भिडियो पनिदिई ग्राहक बढाउने नयाँ रणनीति लिएको हो । कम्पनीले अंग्रजीनयाँवर्षको सुरु अर्थात शुक्रबारदेखि आइपी टिभीराजधानी काठमाडौंबाट सुरु गर्नलागेको छ ।
टेलिकमकाप्रबन्धनिर्देशक डिल्लीरामअधिकारीले आइपी टिभी हाल परीक्षणमा रहेको भन्दै नयाँवर्षकादिनऔपचारिक रुपमा सुरु गर्ने जानकारी दिए । उच्चगतिको इन्टरनेटको रुपमाचिनिएको एफटीटीएच ग्राहकलाई भ्वाइस भिडियो र डेटा सबै एकैसाथदिनकालागिआइपीटिभीपनिल्याउनलागिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरानाभाइरस र त्यसको प्रभावन्यूनिकरणका लागिगरिएको लकडाउनपछि नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।
प्रबन्धनिर्देशकअधिकारीकाअनुसार एफटीटिएचका ग्राहकपनि एक लाखभन्दा धेरै भएका छन् । उनी भन्छन्,“पहिले हामीग्राहकको घरघरमाबजारीकरण गर्न जान्थौँ अहिले ग्राहकअफिससम्मआएर सेवामाग गरेका छन्, हामीले मागअनुसार एफटीटीएच सेवादिन सकेका छैनौँ ।”उनकाअनुसार ग्राहकको मागअनुसार सेवाविस्तार गर्न जनशक्तिव्यवस्थापनमा टेलिकमले ध्यानदिएको छ ।
फाइबार टु दीहोम सेवामा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवादिँदै आएको कम्पनीले अब यसै लाइनमा टेलिभिजन हेर्न पाउने सुविधाथपगर्न लागेको हो । प्रतिस्पर्धी बजारमा सेवालाईविधिकरण गर्दै जानु टेलिकमकम्पनीहरुको आवश्यकताबन्दै गएको छ । ग्राहकमाथपिएको जानकारी, बढ्दा इन्टरनेट पहुँच र विश्वव्यापीकरणले अब एकै खालका सेवाबाट कम्पनीहरुले आम्दानीगरिरहन सक्ने अबस्थाभने अहिले छैन । त्यसकालागिपनिकम्पनीहरुले डेटालाई मुख्यआधार बनाएर नयाँखालका सेवा र प्याकमाध्यानदिनथालेका छन् ।
प्रबन्धनिर्देशकअधिकारीकाअनुसार आइपी टिभी सेवा काठमाडौं उपत्यकाबाट सुरू गर्ने र ७७ वटै जिल्लामाविस्तार गर्दै जाने योजनाकम्पनीको छ । उनकाअनुसार हालक्लिन फिड नीतिअनुरुपआईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । अघिल्लो महिनादेखि नेपालमा सुरु भएको क्लिन फिड नीतिले टेलिभिजनहरुमाविदेशी विज्ञापन प्रसारणमा रोक लगाएको छ ।
कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमाविस्तार गरिरहेको छ । हालैमात्रकम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमाप्रतिदिन ३०० एमबी डेटा निःशुल्क रुपमाउपलब्ध गराउने प्याकेज ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्