कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सेवामार्फत कर्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसेर भुक्तानी गर्न सक्नेछन् । बैकंले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट ग्राहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने बताइएको छ । यो सेवाले कोभिड–१९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोबार गर्न थप सहजता प्रदान गर्ने बताइएको छ । बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक एक्स्टेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसल मिडिया बंैकिङ प्यालटर्फम मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।