ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात «

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात

ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको छ ।
बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमनकुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्णकुमार रेग्मीले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल टे«डर्सलाई नियुक्त गरिएको छ ।
यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवा प्रदायकको बिल भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्