प्रभु बैंकले १०.५२६३ प्रतिशत लाभांश दिने

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीलाई वितरण हुनेछ ।