बेलायत सरकारले ५–जीको रोलआउटमा हुवावेलाई रोक्ने

लन्डन-बेलायती दुर संचार फर्महरुले २०२१ को सेप्टेम्बरपछि नयाँ हुवावेको ५–जीलाई जडान नगर्ने सरकारले सोमबार जनाएको छ । यो कदमलाई उच्च गतीको मोबाइल नेटवर्कबाट चिनियाँ फर्मका उपकरण हटाउने योजनाको अंश मानिएको छ ।
“मैले ५–जी नेटवर्कबाट हुवावेलाई पूर्ण रुपमा हटाउने स्पष्ट योजना बनाएको छु,” एक बेलायती मन्त्रीले बताए ।
राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने दुरसंचार उपकरणहरु प्रतिबन्ध लगाउन यो निर्णय लिन आवश्यक भएको मन्त्रीले बताए । बेलायतले ५–जीको आपूर्तिलाई विविधिकरण गर्ने नयाँ रणनीतिको घोषणा गरेको छ ।
बेलायतले हुवावेका नयाँ ५–जी किट खरिद गर्न यसै वर्षको अन्त्यबाट बन्द गर्ने भएको छ । सुरुमा बेलायतले हुवावेका सामग्री खरिदका लागि अनुमती दिए पनि पछि आएर भने बन्द गर्ने निर्णय गरेको हो ।
बेइजिङले भने बेलायतको यो निर्णयको आलोचना गरेको छ ।