चार महिनामा पुँजीगत खर्च १५.४९ प्रतिशत «

चार महिनामा पुँजीगत खर्च १५.४९ प्रतिशत

दाङ-घोराही उप–महानगरपालिकाको चालु आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिक सम्म पुँजीगततर्फ १५.४९८ खर्च भएको छ । उप–महानगरपालिकामा पुँजीगततर्फ ९० करोड ३६ लाख ७३ हजार ७ सय ३९ रुपैयाँ ६६ पैसा बजेट रहेकोमा कात्तिक मसान्तसम्म १४ करोड ५१ हजार ८ सय २८ रुपैयाँ ४३ पैसा खर्च भएको उप–महानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिए । पुँजीगततर्फको ७६ करोड ३६ लाख २१ हजार ९ सय ११ रुपैयाँ खर्च हुन सकेको छैन । त्यसैगरेर चालुतर्फ २९.७४९ प्रतिशत रुपैयाँ खर्च भएको छ ।
चालुतर्फ १ अर्ब २१ करोड ८८ लाख ४२ हजार ८ सय २२ रुपैयाँ बजेट रहेकोमा कात्तिक समान्तसम्म ३६ करोड २५ लाख ९५ हजार ८ सय ५ रुपैयाँ ८२ पैसा खर्च भएको छ भने ८५ करोड ६२ लाख ४७ हजार १६ रुपैयाँ खर्च भएको छैन । उप–महानगरपालिकामा समग्रमा २३.६८९ प्रतिशत खर्च भएको सूचना अधिकारी चौधरीले बताए । उप–महानगरपालिकामा जम्मा २ अर्ब १२ करोड २५ लाख १६ हजार ५ सय ६२ पैसा बजेट रहेको छ । चार महिनाको अवधीमा ५० करोड २६ लाख ४७ हजार ६ सय ३४ रुपैयाँ २५ पैसा खर्च भएको छ ।
उप–महानगरपालिकामा प्रदेश सरकारबाट प्राप्त कार्यक्रम अन्र्तगत पुँजीगत बजेटको २.३९ प्रतिशत बजेट खर्च भएको छ । पँुजीगततर्फ ९ करोड ९५ लाख बजेट रहेकोमा चार महिनाको अवधीमा २३ लाख ७९ हजार ६ सय २१ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारबाट प्राप्त भएको चालुतर्फ कुनै पनि रकम खर्च हुन सकेको छैन । प्रदेश सरकारबाट चालुतर्फ १ करोड ६३ लाख ५० हजार रकम आएको थियो । उप– महानगरपालिकामा प्रदेश सरकारबाट ११ करोड ५८ लाख ५० हजार बजेट आएको थियो । जसमा २३ लाख ७९ हजार ६ सय २१ रुपैयाँ मात्र खर्च भएको छ । जुुन खर्च २.०५ प्रतिशत रहेको छ ।
संघीय सरकारबाट प्राप्त पुंजीगत बजेटको ०.१२ प्रतिशत मात्र खर्च भएको छ । संघीय सरकारबाट पुँजीतर्फ ६ करोड ९४ लाख १५ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्ममा ७९ हजार ८ सय ५२ रुपैयाँ ९२ पैसा खर्च भएको छ । त्यसैगरी चालुतर्फ ५७ करोड १२ लाख ८५ हजार बजेट आएकोमा १३ करोड १७ लाख ४४ हजार ७ सय ८६ रुपैयाँ ५५ पैसा खर्च भएको छ । जुन २३.०६ प्रतिशत खर्च भएको छ । संघीय सरकारबाट ६४ करोड ७ लाख बजेट आएकोमा १३ करोड १८ लाख २४ हजार ६ सय ३९ रुपैयाँ ४७ पैसा खर्च भएको सूचना अधिकारी चौधरीले बताए । जुन २०.५८ प्रतिशत खर्च भएको छ ।
घोराही उप–महानगरपालिकाले विनियोजन गरेको पुँजीगततर्फ १८.७३ प्रतिशत बजेट खर्च भएको छ । उप–महानगरपालिकाले पुँजीगततर्फ ७३ करोड ४७ लाख ५८ हजार ७ सय ३९ रुपैयाँ ६६ पैसा विनियोजन गरेकोमा चार महिनाको अवधीमा १३ करोड ७५ लाख ९२ हजार ३ सय ५४ रुपैयाँ ५१ पैसा खर्च भएको छ ।
चालुतर्फ ६३ करोड १२ लाख ७ हजार ८ सय २२ रुपैयाँ ३४ पैसा बजेट विनियोजन गरेको थियो । जसमा २३ करोड ८ लाख ५१ हजार १९ रुपैयाँ २७ पैसा खर्च भएको छ । जुन ३६.५७ प्रतिशत रहेको छ । उप– महानगरपालिकाले कुल १ अर्ब ३६ करोड ५९ लाख ६६ हजार ५ सय ६२ रुपैयाँ विनियोजन गरेकोमा ३६ करोड ८४ लाख ४३ हजार ३ सय ७३ रुपैयाँ ७८ पैसा खर्च भएको छ । जुन खर्च २६.९७ प्रतिशत रहेको छ ।
कोरोना संक्रमण जोखिम तथा ठूला चार्डपर्वको कारण योजनाका कामहरु सुरु नभएकाले पनि पुँजीगत खर्च कम भएको घोराही उप–महानगरपालिका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्