ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा «

ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा

ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ७२ जिल्लामा फैलिएको २६३ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्