आगामी त्रैमासमा अमेजनको कोभिड सम्बन्धित खर्च ४ अर्ब डलर «

आगामी त्रैमासमा अमेजनको कोभिड सम्बन्धित खर्च ४ अर्ब डलर

वासिङटन-अमेजनले आगामी त्रैमासमा कम्पनीको कोभिड–१९ सँग सम्बन्धित खर्च ४ अर्ब डलर हुने जनाएको छ । परीक्षण, सफाई, कर्मचारीको बिदाको समय लम्बिएको र सामाजिक दुरी जस्ता नियमका कराण यो खर्च हुने भएको हो ।
यद्यपि अमेजनको चौथो त्रैमासको निर्देशिकाले भने संचालन नाफा फराकिलो हुने देखाएको छ ।
उक्त त्रैमासको संचालन आम्दानी १ अर्ब डलरदेखि ४.५ अर्ब डलर हुने देखिएको छ ।
नाफाको अन्तर न्यूनतमबाट अधिकतमसम्ममा ३.५ अर्ब डलरको फरक भएकाले लगानीकर्तालाई सोच्न बाध्य बनाएको छ । गत वर्षको चौथो त्रैमासको संचालन नाफामा १.७ अर्ब डलरको अन्तर राखेको थियो । २०१८ मा यो अन्तर १.५ अर्ब डलर थियो ।
सबैजसो चौथो त्रैमासमा बिदा र अस्थिर मौषमी अवस्थाले अनिश्चितता ल्याउने गरेको प्रमुख वित्त अधिकारी ब्रायन ओल्साभ्सकीले बताएका छन् । आम्दानीको दृष्टिकोणबाट यो वर्षकै ठूलो अवधि हो र अमेजनले बिक्रीमा १०० अर्ब डलर नाघेको यो पहिलो त्रैमास हुने अपेक्षा गरिएको छ ।
तर, २०२०ा को अन्त्य विशेष असाधारण हुने छ । अमेजनको वार्षिक ठूलो किनमेलको दिन ‘प्राइम डे’ यो वर्ष जुलाईबाट अक्टोबरमा सरेको थियो ।
अर्थव्यवस्था तेस्रो त्रैमासमा हालसम्मकै तीव्र दरमा वृद्धि भएको थियो । तर इतिहासकै खराब त्रैमास आउने देखिएको छ ।
“समग्रको प्रायोजकको रुपमा रहने सामान्यतया चौथो त्रैमासमा आउने अवस्था अभैm बाँकिनै रहेको छ,” ओल्साभ्सकीले बताए । “कोभिडका कारण यी सबैलाई घटाउने देखिन्छ ।
कम्पनीले अपेक्षा भन्दा राम्रो आम्दानी र नाफा गरे पनि अमेजनको सेयरमा झन्डै २ प्रतिशतले गिरावट आएको छ । चौथो त्रैमासमा बिक्री ११२ अर्ब डलर र १२१ अर्ब डलरको बीचमा रहने अमेजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्