कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकमा «

कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितको बैठक बोलाएको छ । कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रीय कार्यसमितको बैठक बोलाइएको हो । यसअघि बोलाइएको बैठक ६ जना केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्