ग्लोबल आइएमई बैंकको नयाँ ग्राहक योजना «

ग्लोबल आइएमई बैंकको नयाँ ग्राहक योजना

 ग्लोबल आइएमई बैंक लिको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लेबल स्मार्टमार्फत् क्यू सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क पाइने भएको छ । उक्त योजनाअन्र्तगत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोडमार्फत् क्यू सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।
राजधानीको दरबारमार्गस्थित राइजिङ्ग मलमा रहेको क्यू सिनेमाको टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यूआर कोडमार्फत रकम भुक्तानी हुन लागेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्