कोभिडले संस्कृतिमा पारेको प्रभाव «

कोभिडले संस्कृतिमा पारेको प्रभाव

विश्वमा नै व्यापक बनेको पहिचान गर्न नै कठिन कोभिड भाइरसले भाइदाइका बीच भेट्न दूरी कायम गरायो । अब दसैं, तिहार, छठजस्ता पर्वहरूमा गरिने कार्यमा पनि परिवर्तन ल्यायोे । पहिले पर बसेर फूलअक्षेता छर्केर पूजा गरिने जस्तै भयो त हेर्दाहेर्दै, होइन र ? आमाबाबाको हातबाट टीका लगाई लखतरान भई लौरो टेकेर पुग्ने बेला रहेन । यो सबै गराउन कोभिड १९ नम्बरले नै अहम् अनि अचुक काम ग¥यो । १९ कम्ता गतिलो र अशुभ अंक हो त नि ? त्यसैले त हामी भन्ने गर्छौं नि उन्नाइसको बीस भएन भनेर । टसमस नगरी आफ्नो रूपमा बदलिने काम पनि नदेखिँदै गर्ने अनि जुनसुकै उमेरका मनुवालाई दपेट्ने कार्य गरेको छ कोभिडले । चिनेजानेको मान्छेझंै चिनेकै रोग हुने थियो भने त केही उपाय अपनाउने काम हुने थियो ।
मानवले मानवको व्यवहार स्वभाव र कार्य गर्न छाडेपछि त अनेकौं समस्याहरू देखा पर्ने नै भयो नि ! पृथ्वीले आफ्नो बहन गर्ने क्षमता भएसम्म न मौन रहने, सीमा पार गरेपछि त हल्लने, थर्कने, काँप्ने, बग्ने, आगोको लप्का देखाउने जस्ता कार्य सबै सामान्य नै हुन् । वर्षौं लगाई हुर्काइएका विशाल रूख ५ सय पनि नपर्ने आरो लगाई पाँचै मिनेट नलगाई ढालिदिने, अनि कसरी हुन्छ त ? दिगो विकास, वातावरण, जनचाहना, प्राकृतिक स्रोत र साधनको संरक्षणजस्ता विविध सवालमा त्यो एउटा विशाल वृक्षको कस्तो भूमिका रहेको हुन्छ । सामान्य सजावटका लागि रातारात करोडौं खर्चन सक्ने लोकतान्त्रिक सरकारले पुनः वृक्षारोपणका नाममा अर्को करोड सामान्य मान्दै खर्च गर्छन् । नगरको नरलाई नभएका थप सुविधा सहजै उपलब्ध गराउन हरतरहले मेयरसा’प लागेकै छन् ।
एउटै काम व्यक्तिका अनुसार राम्रो÷नराम्रो हुन्छ । जस्तै राजा–महाराजा उच्च तहकाले गर्दा उचित हुन्छ, तर त्यही काम विपन्न वा तल्लो तहकाले गर्दा अर्कै अर्थ लगाइने गरिन्छ । दृष्टान्त हेरौं, गरिबले ढ्याउ गर्दा गनायो भनेर नाक खुम्च्याउने अनि त्यस्तै ढ्याउ नै हो, तर उच्चतहका राजपरिवारकाले गरेमा सुवास ठान्ने जुन प्रवृत्ति छ त्यसले निकै विभेदको सिर्जना गरेको हुन्छ । समाजमा भनिन्छ, सुनिन्छ, मोजा गनायो । मोजा पैतालामा लगाइने वस्त्र न हो, यसमा पसिना आई केही गन्ध आउनु स्वाभाविक नै त हो । धनाढ्य घराना परिवारका सदस्यले त्यही मोजा पहिरन्छ तर उसको चाहिँ बास्ना नै आउनेझैं गरिन्छ । यो दुवैमा सरसफाइको भूमिका केही हुन्छ नै, तर मोजामा गन्ध त थोरै धेरै आउँछ आउँछ ।
समाजमा संस्कृतिको ठूलो महŒव रहन्छ, त्यसैले त संस्कृतिमा प्रहार ग¥यो भने त्यसले चौतर्फी असर पार्छ । संविधानसभाबाट संविधान निर्माण गर्ने बखतमा त्यस्तै काम गरिएको थियो । स्मरणमा रहोस, त्यसबेला जातीय र भाषिक द्वन्द्व सिर्जना गर्ने कार्य भएको थियो । नेपाली समाज विभिन्न थरीका फूलहरूको एउटा सुन्दर बगैंचा नै हो । त्यसैले त यहाँ १२ महिना र १२ काल रहेको छ । नेपाल हिन्दू, आर्य, भोट, बर्मेली समूहको भाषा बोल्ने मंगोल मूलका आदिवासी दक्षिण मूलका आग्नेय र अन्य मिश्रित जातिहरू बसोबास गर्ने सुन्दर देश हो । नेपालको संविधान, २०७२ ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको छ । यी माथिका प्रस्तावनाका अंशबाटै के स्पष्ट हुन्छ भने जात, भाषा, धर्म, संस्कृति र भौगोलिक विविधता भएको हाम्रो राष्ट्र हरेक दृष्टिले सम्पन्न छ । हामीसँग भएका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा जातीय महŒवका विषयलाई हामीले अभिलेखीकरण गर्न सकेका छैनांै ।
हाम्रा महŒवपूर्ण दस्तावेज, पुराताŒिवक महŒवका ग्रन्थ सबै विभिन्न बहानामा बेलायत, अमेरिकालगायतका मुलुकमा सुरक्षित हुन पुगेका छन् । हामीले हाम्रो मणि नचिनेर अनि विदेशीको सानो सहयोगको लोभमा परेर अमूल्य निधिलाई गुमाउँदै गएका छौं । हाम्रा मूर्तिकला, चित्रकला, काष्ठकला, प्रस्तरकला आदिलाई मल्लकालदेखि नै संरक्षण गर्न सकेको भए कति महŒवपूर्ण मूर्तिहरूको पहिचान हुने थियो । हाम्रा आराध्यदेव पशुपतिनाथ मन्दिरको ऐतिहासिकता निकै प्राचीन रहेको छ । यस मन्दिरको निर्माण कार्य तत्कालीन राजा धम्रदत्तले गराएका थिए । अलिक पछि मात्रै शिव सिंह मल्लकी रानी र प्रताप मल्लले यसको जीर्णेद्धार गराएको देखिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत यस परिसरभित्र ४ सय ९२ वटा विभिन्न शैलीमा निर्माण भएका मन्दिर, सत्तल, चैत्य तथा देवालय छन् ।
शिवलिङ्गमात्र झन्डै १ हजार रहेका छन् भने यस पशुपति क्षेत्रलाई युनेस्कोद्वारा सन् १९७९ मा विश्वसम्पदामा समावेश गरिएको हो । यस्ता अनेकांै सम्पदा सूचीमा रहेका नेपालको पहिचान विश्वमा दिन सफल सम्पदाहरूले नै पर्यटनमा सहयोग पुगेको छ । पर्यटनबाट मात्रै बर्सेनि अर्बभन्दा माथि वैदेशिक तथा स्वदेशी पर्यटकबाट खर्च गरेर जम्मा हुने गरेको तथ्याङ्कले देखाउँछ । कोभिडले सबै क्षेत्रमा नकरात्मक प्रभाव पारेकाले रोजगारी, अर्थतन्त्र अनि मानवीय क्षतिको विकराल अवस्था आएको हो । रोगको संक्रमण बढेर गएपछि मठमन्दिर, जात्रापर्व सबै स्वतः प्रभावित हुने नै भए । इन्द्रजात्रा, भोटो देखाउने जात्रालगायतका उपत्यकाकेन्द्रित जात्रा पनि क्षमापूजामा सीमित गरिए । हाम्रो धर्मसंस्कृतिको सुन्दर पक्ष भनेको सक्दा जति खर्च र तामझाम पनि गर्न सकिने, नसक्दा न्यून खर्च र सामान्य विधिको प्रयोग नै पर्याप्त हुन्छ । त्यसैले त हाम्रो धार्मिक मूल्यमान्यता पनि आआफ्नो गच्छेअनुसारको बनाउन सकिन्छ ।
हामीमा समस्या भनेकै देखासिकी गर्ने हो होस् या नहोस्, चाडपर्व वा कुनै उत्सवलाई तडकभडक बनाउनु हो । छिमेकमा यसो गरे हामीले किन नगर्ने ? उसले त गरिरहेकै छ हामीले किन नगरेको ? जस्ता प्रश्नका उत्तरले नै समाज झनै खर्चिलो काम गर्न उद्यत देखिन्छ । सामान्य खर्चमा घरमा जेजस्ता खाद्यवस्तु तथा परिकार बन्न सक्छन्, त्यसलाई वास्ता नै नगरी बजार पुग्दा ठूलो होइन, जुन सोच हो त्यो गलत भएर गरिबका चाडले ऋण बोकाउने गरेको छ । बालबच्चाले नयाँ कपडा, मीठो परिकार मात्रै देख्छ, आम्दानीको स्रोत देख्दैन । अभिभावकले जसो गरेर पनि उनीहरूका सामान्य माग पूरा गर्नुपर्ने बाध्यतात्मक अवस्था नहुने होइन । घरमा नै भएका एउटा खसी बेचेर नुनतेल, मसला, कपडा, चामल, मासु, नयाँ लुगाजस्ता हरेक सामानको कसरी जोहो होला ? तीन–चारवटै बेच्नलायक बनाउने काम गर्नुपर्छ । तबमात्रै चाडपर्व, शिक्षा, स्वास्थ्य सबैमा उपयोग सहज बन्छ ।
व्यावसायिक बनेर नमुना बन्नतर्पm हामी हम्मेसि अगाडि बढ्दैनांै । राजधानीदेखि ७० कि.मि. मात्रै परेको दूरीमा रहेको विदुर नगरपालिका–६ स्थित चनौटे फाँट वास्तवमा सिँचाइको अभावले गर्दा लगानी गरेर पनि उत्पादन लिन नसक्ने अवस्थामा रहेको छ । त्यहाँ कुल १ सय ५० रोपनी जमिन रहेको छ । यदि सो स्थानमा व्यावसायिक खेती गर्ने हो भने ठूलो परिमाणमा उत्पादन हुने निश्चित छ । बजारको अभाव पनि नभएको श्रमिकको पनि कुनै खाँचो नहुने त्यस्तो स्थानलाई न त कृषि मन्त्रालय, न त सम्बन्धित नगरपालिकाले नै ध्यान दिएको छ । स्वयं कृषकले नै त्यहाँ सिंचाइको व्यवस्था गर्न सक्छ ।
कृषि मन्त्रालयको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने अनेकांै सकारात्मक र कृषक उत्प्रेरित कार्यक्रमको फेहरिस्त नभएको पनि होइन । दुधे बालकलाई कटुस खान दिएझैं भएको छ वर्तमान कृषि नीति कृषकका लागि । अनुदान रकम अर्बौं छ, तर वास्तविक किसानले न त्यसलाई लिन सक्ने प्रक्रिया नै छ, न त सरक्क किसानको घरमा पुगेर उपलब्ध गराउने संयन्त्र नै निर्माण गरिएको छ । कौवालाई बेल पाक्यो हर्ष न बिस्मात भनेझंै भएको छ । उत्पादन पूर्ण रूपले लिने वातावरण बनाउने हो भने त्यस स्थानको उत्पादनले नगरपालिकाको निश्चित उपभोक्तालाई धेरै भएर उत्पादन ठूलो परिमाणमा बिक्री हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्