बेरोजगारी दावी बढयो «

बेरोजगारी दावी बढयो

गत साता अमेरिकी बेरोजगारको लाइनमा बस्नेको संख्यामा ठूलो वृद्धि भएको छ । उक्त साता नयाँ ८,९८,००० ले बेरोजगारी भत्ताका लागि दावी गरेका थिए ।
अक्टोबर १० मा अन्त्य हुने सातामा कुल संख्या अगस्ट २२ देखिकै उच्च थियो र कोरोना संक्रमितको संख्यामा भएको वृद्धि र शरद ऋतु र हिउदमा नयाँ लहर आउने चिन्ताबीच श्रम बजार कोरोनाभाइरस महामारीपूर्वको अवस्थामा आउन लगातार संघर्ष गरिरहेको अर्को संकेतको रुपमा देखिएको छ ।
अपेक्षित कुलको भन्दा उच्च भए बावजुद निरन्तरको दावीको तह तीव्र गतीमा झर्ने छ । यो ११ लाख ६५ हजारले घटेर १ करोडमाथि मात्रै पुगेको छ ।
त्यसयता अर्थतन्त्र अर्थतन्त्रमा त्यस्तै १ करोड १४ लाख नयाँ स्थान देखिएका छन् । बेरोजगारी दर ७.९ प्रतिशतमा झरेको छ । तर यो अभैmपनि पूर्व महामारीको तहको तुलनामा दोब्बर भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्