विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन «

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याई पुराएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो । ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपुराएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताए । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरी काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताए ।
ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायतको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका थिए । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू–टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्