स्वीट्जरल्यान्डको तलब विश्वकै उत्कृष्ट

जब तपाई स्वीट्जरल्यान्डको नाम सुन्नु हुन्छ तपाईको मनमा स्वर्ग महशुश हुन्छ । पुरै विश्वका मानिस यहाँ घुम्न पुग्छन् । सबैको इच्छा हुन्छ कि जिन्दगीमा एक पटक पृथ्वीको स्वर्ग अवश्य घुमौ । जेनेभा विश्वको एक सुन्दर सहर हो । यो विश्वकै सबैभन्दा महँगो सहर मध्येको एक हो । हालै यो मुलुकले न्यूनतम तलबको कानून पारित गरेको छ ।
प्रतिघन्टा २९२८ रुपैयाँ
यो कानुन पारित भएपछि त्याहाँ पाइने तलब विश्वकै सर्वाधिक बढी हुने छ । यहाँ ल्याइएको प्रस्तावलाई लिएर जुन भोटिङ भएको छ, सो अनुसार कम्तीमा पनि २३ स्वीस फ्रांक अर्थात २९२८ रुपैयाँको हाराहारीमा मिल्छ । अब यदि मासिक तलबको कुरा गर्ने हो भने कमसेकम ४०८६ स्वीस फ्रांक अर्थात् ५ लाख २० हजार रुपैयाँ हुन्छ । न्यूनतम ज्यालाका लागि जेनेभाको ५८ प्रतिशत भोटरले स्वीकृत गरेका छन् ।
फ्रान्सको तुलनामा दोब्बर
न्यूनतम ज्यालाको कुरा गर्ने हो भने यो फ्रान्सको तुलनामा दोब्बर हो । स्वीट्जरल्यान्डको अर्थतन्त्र मुख्य रुपमा पर्यटनमा निर्भर छ । यहाँका ज्यादातर व्यवसाय पर्यटनसँग सम्बन्धित र त्यसैमा आधारित छ । कोरोनाका कारण अर्थतन्त्रमा नराम्रो असर परेको छ । यस्तोमा जेनेभा सहर अब त्याहाँका वासिन्दाका लागि यति महँगो भएको छ कि त्याहाँ बस्ने मानिसका लागिनै मुश्किल हुने छ ।
साधारण जिन्दगीका लागि ठूलो रकम
स्थानीय मिडियाका अनुसार मासिक ४००० स्वीस फ्रांक जेनेभाको हिसाबबाट खानाका लागि मात्रै पर्याप्त हुनेछ । यदि यती पैसा भयो भने उनीहरुलाई गरिबीको रेखामुनी मानिन्न । यद्यपि यही रकम अर्को देश र सहरको तुलनामा धेरै हो ।