अमेजनका २०,००० कामदारमा कोरोनाभाइरस

वासिङटन-अमेजनको अमेरिकामा अग्र पंक्तिमा रहेका १९,८१६ कर्मचारीमा कोरोनाभाइरस पोजिटिभा पाइएको कम्पनीले जनाएको छ । यो संख्याले कार्यबलमा कसरी पहिलो पटक कोभिड– १९ ले असर पारेको छ भन्ने देखाएको छ ।
अमेजनले बारम्बार आफ्ने वेयरहाउसमा पुष्टि भएका कोरोनाभाइरस केशको बृहत तथ्यांक सार्वजनिक गर्ने विषयमा जोड दिँदै आएको छ । यो क्षेत्र महामारीको समयमा घरधुरीलाई आपूर्ति गर्न महत्वपूर्ण केन्द्र रहदै आएको छ ।
“अमेजन र वुड पूmड्स मार्केटको अमेरिकाभरीको अग्रपंक्तिमा काम गर्ने १३,७२,००० कर्मचारीको तथ्यांकको पूर्ण विश्लेष गरेको कम्पनीले आफ्नो ब्लग पोष्टमा उल्लेख छ । यो तथ्यांक २०२० को मार्च १ देखि सेप्टेम्बर १९ सम्मको हो ।
सोही अवधिमा सर्वसाधारणको यी केशको तुलना गरिएको अमेजनले जनाएको छ । यो ‘जोन हपकिन्स युनिभर्सिर्टको रिपोर्ट प्रयोग गरेर गरिएको हो ।
होल पूmड्स र अमेजनका कर्मचारीहरु र सर्वसाधारणको तुलना गर्न सोधिएको प्रश्नमा अमेजनले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको थियो ।
विश्वव्यापी संचालनका अमेजनका उपाध्यक्ष डेभ क्लार्कले यो भन्दा पहिले संक्रमणको कुल संख्या विशेष रुपमा उपयोगी नहुने बताए ।