Logo

डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल÷मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले बिहीबार (अक्टोवर–१)मा पठाएको मूल्य बढेर आए पनि निगमले बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मटीतेलको मूल्य घटाएको जनाएको छ । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटरमा एक रुपैयाँ घटेर ८९ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ । हवाई इन्धन, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ । मूल्य समायोजन पश्चात पनि भारतीय सीमा नाकाभन्दा नेपालमा डिजेल प्रतिलिटरमा ३४ रुपैयाँ सस्तो रहेको निगमले दावी गरेको छ । निषेधाज्ञापछि बजार खुल्ने क्रम बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत पनि पछिल्लो समय बढ्न थालेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्