ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई दियो ‘ट्राफिक पोल’ «

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई दियो ‘ट्राफिक पोल’

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरु दिएको छ । बैंककाअनुसार ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उद्देश्यले उक्त पोलहरु दिइएको हो ।
ट्राफिक पोलहरुमार्फत जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बैंकको विश्वास छ । यसअघि वैशाख ३१ मा बैंकले ट्राफिक पोलहरु दिएको थियो । यस्तो सहयोग गरेकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्