रौनकविहीन विश्व पर्यटन दिवस «

रौनकविहीन विश्व पर्यटन दिवस

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी (कोभिड–१९) को कारणले गर्दा यो वर्षको ‘विश्व पर्यटन दिवस’ नेपालमा मात्रै नभएर विश्वभरि नै रौनकविहीन भएको छ ।
त्यसो त हाल आएर नेपालमा केही हदसम्म पर्यटन क्षेत्रमा विविधीकरण भएको छ । पर्यटनमा विविधीकरणको प्रसंगमा भन्ने हो भने, मरुभूमिको देश युनाइटेड अरब इमिरेट्स (युएई) जस्तो देशमा कृत्रिम हिउँको ढिस्को निर्माण गरेर स्की पर्यटनलाई व्यापक रूपमा फैलाइएको छ÷प्रचार प्रसार गरिएको छ । खास गरी यो काम युनाइटेड अरब इमिरेट्स (युएई) को पनि दुबई स्टेट (राज्य) ले गरेको छ । यसरी हेर्दा मरुभूमिको देशमा कृत्रिम हिउँको ढिस्को निर्माण गरेर स्की पकृतिम हिउँको ढिस्को नै सही त्यहाँ स्की गर्न÷खेल्न युरोपीय देशहरूबाट समेत स्की खेलमा सौख भएकाहरूको भीड लाग्ने गरेको देखिन्छ । यसरी मरुभूमिको देशमा समेत स्की पर्यटनले गति लिएको देख्दा हामीले (कम्तीमा यो पंक्तिकारले) ईष्र्या गर्न नै त भनी नहालौं, तर हाम्रोजस्तो भूपरिवेष्टित देश नेपालमा पनि युएईमा जस्तै कृत्रिम समुन्द्र बनाएर नांगा–भुतुंगा पर्यटकहरूको भीड लगाउन पाए कस्तो हुँदो हो ?
नेपाल पनि पर्यटनका लागि विश्वका एकसे एक देशसँग दाँज्न सकिने सम्पदाहरू र सम्भावनाहरू रहेको देश हो । यसरी पर्यटन क्षेत्रमा आएको विविधीकरणसँगै आएको पर्यटकहरूलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरू रोजी छानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौं देशले पर्यटकहरूलाई अनेकौं खालका सेवा–सुविधाहरू दिइरहेका छन् । त्यस्तै नेपालमा पनि नेपाल आउने पर्यटकहरूलाई पर्वतारोहण, बन्जी जम्पिङ, साइक्लिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सांस्कृतिक अध्ययन, भाषिक अध्ययन, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म–संस्कृतिको अध्ययन, भाषा आदिका सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, सिकार पर्यटन, चरा अवलोकन पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, जंगल सफारी पर्यटन, वन्यजन्तु अध्ययन–अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ ।
मान्छेहरूले स्विकारे पनि नस्विकारे पनि नेपालको निकुञ्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीहरूका लागि आर्थिक आधारस्तम्भका रूपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने अधिकांश निकुञ्जहरू गाउँघरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि लगभग एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरू भए तापनि आम्दानी र पर्यटकहरूले भ्रमण गर्ने गरेको संख्याका हिसाबले हेर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।
हुन त नेपालको सन्दर्भमा पर्यटनका बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । आधुनिक र सुविधासम्पन्न होटलको सन्दर्भमा भन्नुपर्दा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडांैमा अहिले निर्वाचन आयोग भएको बहादुर भवनमा पहिलो पटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भएको मानिन्छ । वास्तवमा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचलाई नेपालको पर्यटन क्षेत्रको पनि विशेषतः होटल व्यवसायमा नेपालीहरूलाई कखरा सिकाउने पहिलो व्यक्ति भन्दा फरक नपर्ला । त्यस्तै नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्ड्सले पहिलो पटक चितवनमा ‘टाइगर टप्स’ नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा होटल खोलेर निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसायको थालनी गरेका थिए । स्मरणीय छ, हाल जिम एडवर्ड्स यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा क्षेत्र र वरिपरि देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटन स्थल हुनुमा उनै जिम एडवर्ड्सको ठूलो वा महत्वपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैन ।
–निनाम ‘मंगले’ कुलुङ

प्रतिक्रिया दिनुहोस्