Logo

९ महिनामा विश्वभरीका मजदुरको आम्दानी ३५ खर्ब डलरले घट्यो

जेनेभा-कोरोनाभाइरस महामारीका कारण यो वर्षको पहिलो त्रैमासिक अवधिमा विश्वभरीका मजदुरको आयमा गत वर्षको समान अवधिको तुलनामा अनुमानित १०.७ प्रतिशत अर्थात् ३५ खर्ब डलर घटेको छ । यो तथ्यांकमा विभिन्न देशमा राहत प्याकेजद्वार दिइएको आम्दानी सहयोगलाई समावेश गरिएको छैन । यो विषयमा अन्तर्राष्ट्रिय श्रम संगठनले बुधबार जानकारी गराएको हो ।
कोरोनाभाइरस महामारीको असरका कारण कामको घन्टामा ठूलो नोक्सानी आएको र यसले पुरै विश्वको आयमा गिरावट आएको आईएलओले उल्लेख गरेको छ ।
यसको सबैभन्दा धेरै असर निम्न–मध्य आय भएको आइएलओले जनाएको छ । यो क्षेत्रमा मजदुरको आयमा १५.१ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा नराम्रो असर अमेरिकी देशमा परेको छ । यो क्षेत्रमा मजदुरको आयमा १२.१ प्रतिशतले गिरावट आएको छ ।
काम गर्ने समयमा अनुमान भन्दा बढी नोक्सानी
‘आईएलओ मनिटरः कोभिड–१९ एन्ड द वल्र्ड अफ वर्क’को छैटौ संस्करणमा भनिएको छ,“विश्वभरीमा कामको घन्टामा जति कमी आएको छ, त्यो पहिलेको अनुमान भन्दा अत्यन्त धेरै छ ।” २०१९ को डिसेम्बर त्रैमासको तुलनामा यो वर्ष जुनसम्मको त्रैमासमा विश्वव्यापी काम गर्ने समयको क्षतीको संशोधित अनुमान १७.३ प्रतिशत छ । जुन ४९.५ करोड पूर्णकालिन कामको बराबर हो । सेप्टेम्बसम्मको त्रैमासमा गुमेको काम गर्ने समयमा १२.१ प्रतिशत हुने अनुमान गरिएको छ । जुन ३४.५ करोड पूर्णकालिन कामको बराबर हो ।
कारोबारी गतिविधि बन्द हुनाले काम गर्ने समयमा कमी
चौथो त्रैमासममा विश्वव्यापी काम गर्ने समय गुम्ने अवधि बर्सेनी आधारमा ८.६ प्रतिशत वा २४.५ करोड पूर्णकालिन कामको बराबर रहने अनुमान गरिएको.छ ।

प्रतिक्रिया दिनुहोस्