हुवावे बिरुद्धको लडाईँ हार्दैछ वासिङटनः अर्थशास्त्री «

हुवावे बिरुद्धको लडाईँ हार्दैछ वासिङटनः अर्थशास्त्री

मस्को-अमेरिका–चीनबीचको बढ्दो तनावले प्रविधि क्षेत्रलाई असर पारिरहेको समयमा इन्टेलले ५–जी कम्पनी हुवावेलाई उपकरण आपूर्तिका लागि लाइसेन्स सुनिश्चित गरेको छ । यो संचार माध्यम आरटीको छलफल कार्यक्रमका क्रममा अमेरिकन इन्सटिच्यूट फर इकोनोमिक रिसर्चका जेफरी टकरले बताएका हुन् । उनलाई ट्रम्प प्रशासनले क्रमिक रुपमा हामीहरु विश्वव्यापी आर्थिक वातावरणमा बाचिरहेको महशुस गरेको र यस्तो अवस्थामा कुनै देश–राज्यलाई बहिष्कार गर्दा के हुन्छ भनि सोधिएको प्रश्नमा टकरले बताए,“उनीहरु अमेरिका–चीनबीचको यो फलामको पर्खाललाई संचालन गर्न सक्षम हुने छैनन् । डिजिटल युगमा यो सम्भव हुने छैन ।”
आपूm हुवावेको प्रतिक्रियाबाट अत्यन्त प्रभावित भएको अर्थशास्त्रीले बताए । “एउटा साह्ै चलाख वयष्कले चलाएको एउटा कम्पनी, जो समृद्धि र प्रविधिलाई राष्ट्रको गर्वको भन्दा माथि ठान्छन् । मलाई लाग्छ हुवावेले सम्झौतामा राम्रो महशुश गर्छ र ट्रम्प प्रशासनले यो लडाईँमा हार बेहोर्ने छ,”टकरले बताए ।

प्रतिक्रिया दिनुहोस्