भारतमा बेलायती शासनमा पनि थियो लकडाउन, महिनाभरीको तलब दिइन्थ्यो निःशुल्क «

भारतमा बेलायती शासनमा पनि थियो लकडाउन, महिनाभरीको तलब दिइन्थ्यो निःशुल्क

नयाँ दिल्ली–विश्वव्यापी महामारी कोरोनाभाइरसको बढ्दो संक्रमण र यसबाट बच्नका लागि विश्वभरीमा लकडाउनको व्यवस्था गरिएको छ । यद्यपि यो लकडाउनले समाज अगाडि धेरै सवाल खडा गरेको छ । हामीले कोरोनाभाइरस सुरु भएपछि यसै वर्ष पहिलो पटक लकडाउन शब्द सुनेका छौ । तर, भारतमा यसको इतिहास धेरै पुरानो छ ।
१९ औं र २० औं शताब्दीमा हैजा र प्लेग जस्ता बिरामीले भारत प्रभावित भएको थियो । बेलायती शासनको समयमा पनि हैजा कयौ पटक पैmलिएको थियो । यो घातक बिरामीबाट डराएर अंग्रेज सरकारले प्रभावित क्षेत्रमा लकडाउनको आदेश दिएको थियो । तर उक्त समयमा लकडाउनको सट्टा होलिडे शब्द प्रयोग गरिएको थियो ।
उक्त समयमा लकडाउनका लागि अपनाइएको तरिकाको दस्तावेज पनि पाइएको छ । अंग्रेजले होलिडे शब्दावलीको प्रयोग गर्दै मानिसलाई क्वारेन्टिनमा राखेको थियो । यसको ठोकुवा ब्रिटिस इन्डियाको आधिकारिक रेकर्ड नेशनल अर्काइभ अफ इन्डियामा पाइएको छ । यसका साथै ब्रिटिस इन्डिया मेडिकल हिस्ट्रीको अर्काइभबाट पनि कुनै विशेष क्षेत्रमा बिरामी पैmलिएको सूचना पाइएपछि अर्को स्थानमा सम्पर्क लगभग विच्छेद भएको थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्