निर्माण व्यवसायीहरूको स्वाब संकलन «

निर्माण व्यवसायीहरूको स्वाब संकलन

धनगढी- विश्व महामारी कोभिड–१९ (नोवेल कोरोना भाइरस) परीक्षणका लागि धनगढीका निर्माण व्यवसायीहरूको स्वाब संकलन गरिएको छ ।
निर्माण व्यवसायी संघ कैलालीको पहल तथा समन्वयमा मंगलबार धनगढीका निर्माण व्यवसायीहरूको स्वाब संकलन गरिएको हो । धनगढी उपमहानगरपालिकाको सहयोगमा गरिएको स्वाब संकलनमा संघका साधारण सदस्यहरू तथा कर्मचारीहरूले स्वाब दिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले जनाए ।
उनले संकलन गरिएको स्वाबलाई पीसीआर विधिबाठ परीक्षण गरिने जनाए । संघको प्राङ्गरणमा गरिएको स्वाब संकलनमा संघका पदाधिकारी, सदस्य र कर्मचारी गरी १ सय ३ जना सहभागी भएको अध्यक्ष उपाध्यायले जनाए ।

प्रतिक्रिया दिनुहोस्