ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङको बलेवामा «

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङको बलेवामा

ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।
एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गरे । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २१९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्