कोभिडबाट शिक्षासम्बन्धी वक्तृत्वकलामा विक प्रथम «

कोभिडबाट शिक्षासम्बन्धी वक्तृत्वकलामा विक प्रथम

मुगु-हिमाली जिल्ला मुगुमा बिहीबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ग्रामीण सामुदायिक संस्था (जीएसएस) मुगुद्वारा सञ्चालित दलित छात्रा छात्रवृद्धि सहयोग कार्यक्रमअन्तर्गत अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप दलित छात्राबीच वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
कोभिड–१९ का कारण बालबालिकाको शिक्षामा परेको असर भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । जसमा प्रथम स्थान रारा बहुमुखी शिक्षा क्याम्पसममा अध्यानरत छात्रा चन्द्रा विक प्रथम द्वितीयमा सम्झना नेपाली, तृतीयमा रारा शिक्षा बहुमुखी क्याम्समा अध्यानरत छात्रा सपना सुनार र सान्त्वनामा धनसा कुलाल आउनु भएको जीएसएस मुगुले जनाएको छ ।
संस्थाका अनुसार जम्मा १२ जना दलित छात्राहरूको सहभागितामा प्रतियोगिता गरिएको हो । प्रथम, दोस्रो तथा तेस्रो स्थानमा हासिल गर्ने विद्यार्थीलगायत अन्य विद्यार्थीलाई संयुक्त पुरस्कारवितरण गरिएको ग्रामीण सामुदायिक संस्था (जीएसएस) मुगुका कार्यक्रम सुपरभाइजर धनबहादुर मल्लले बताए । मल्लका अनुसार संस्थाले विगत २०६२ साल बाट जिल्लामा अध्यानरत दलित छात्रा विद्यार्थीहरूलाई छात्रवृद्धि प्रदान गर्दै आइरहेको जानकारी दिए ।

कर्णालीका अरु जिल्ला भन्दा मुगु जिल्ला शिक्षा, स्वास्थ्यलगायत अन्य विविध पक्षले पछाडि रहेको र त्यसैमा पनि मुगुका दलित विद्यार्थीहरूको शिक्षामा पहुँचबाट टाढा रहदा यसलाई माथि उकास्न संस्थाले यो कार्यक्रमको थालनी गरेको मल्लको भनाइ छ । शिक्षा क्षेत्रबाट पछाडि पर्ने भनेकै आफ्नो जीवनलाई पछि पार्नु मल्लाले बताएका छन् ।

प्रतियोगितामा भाम लिएका दलित छात्राहरूले कोभिडका कारण शिक्षा क्षेत्रमा दलितका बालबालिका र अन्य जातिका बालबालिकामा शिक्षमा असर पारेको असरबारे आफ्ना रायहरू प्रस्तुत गरेका थिए । संस्थाले यतिमात्र नभई दलितका छात्राहरूलाई वर्ष पिच्छे सरसफाइका सामग्री, स्टेशनरीका सामग्रीलगायत अन्य सामग्रीहरू प्रदान गर्दे आइरहेको संस्थाका अध्क्षय साहनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्