Logo

सुनको मूल्य प्रति औंश ५ हजार डलरतर्फ

वासिङटन-कोभिड महामारीले सुनको खरिदमा वृद्धि भएको छ र केही विश्लेषकहरुले यो अभैm उकालो लाग्ने सम्भावना सुझाएका छन् ।
चालू वर्ष सुनका लगानीकर्ताहरुका लागि सम्झन लायकको वर्ष हुने छ । सुनको मूल्य हाल प्रति औंश १,९३३ डलरका कारोबार भइरहेको छ । यो एक महिना अगाडिको इतिहासकै उच्च अर्थात प्रति औंश २,०७५ डलर भन्दा धेरै पर छैन । यो मूल्य यस वर्षको हाल सम्मको अवधिमा २६.५ प्रतिशत उच्च र मार्चको ५२ साताकै न्यूनको तुलनामा ३०.९ प्रतिशतले बढी हो । यो तीव्र वृद्धिले सुनको मूल्यमा भएको १ दसकको वृद्धि भन्दा बढी लाभ भएको अवस्थाको प्रतिनिधित्व गरेको छ ।
धेरै लगानीकर्ताहरु संकटको समयमा सुरक्षित सम्पत्तिको रुपमा सुनको परम्परागत भूमिका हुने आधारमा यो अपत्यारिलो पनि होइन । कोभिड–१९ ले आर्थिक वृद्धि ओरालो लागेको समयमा सुनको माग झनै बढ्ने देखिन्छ । यद्यपि कोभिड–१९ को अवस्थामा हाल सुधार आए पनि हेज फन्ड, वाल स्ट्रिट, र लगानीकर्ताहरु अझैपनि सुनमा आकर्षित भएका छन् । केहीले त यो पहेँलो धातुको मूल्य प्रति औंश ३,००० वा ५,००० डलर सम्म पुग्ने अनुमान लगाएका छन् ।
बैंक अफ अमेरिका मेरिल लिन्चले २०२२ को सुरु सम्ममा सुनको मूल्य ३,००० डलर पुग्ने बताएका छन् । यसैबीच सिटीग्रुप र अर्बपति थोमस काप्लानले प्रति औंश ५,००० डलर सम्म पुग्ने अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्